प्राणी परिचय : हृवेल

विनोद दाहाल वत्स
Read Time = 4 mins

म हृवेल हुँ । म जलचर प्राणी हुँ । जलचर भनेको पानीमा बस्ने प्राणी हो । पानीमा बस्नेमात्र नभएर संसारभरिकै प्राणीहरूमध्ये सबैभन्दा ठूलो प्रणी पनि म नै हुँ । म पानीमा बस्ने प्राणी भएर होला मानिसहरू मलाई हृवेल माछा भन्ने गर्छन् । झट्ट हेर्दा शरीरको बनावट माछासँग मिल्दोजुल्दो भए तापनि मेरा अन्य गुणहरू साधारण माछाका भन्दा भिन्न हुन्छन् ।

म अरू माछाको जस्तो फुल पारेर होइन गाईभैंसीकै जसरी गर्भाधारण गरी बच्चा जन्माउँछु र बच्चालाई दूध चुसाउने गर्छु । त्यसैले म स्तनधारी वा स्तनपायी प्राणी हुँ । हामी हृवेलमध्ये पनि ‘नीलो हृवेल’ भनेर चिनिने मेरो प्रजाति सबैभन्दा ठूलो हुन्छ । वयस्क हुँदा मेरो शरीरको लम्बाइ एक सय मिटरसम्मको हुनसक्छ । त्यही अनुपातमा मेरो शरीरको मोटाइ पनि निकै ठूलो हुन्छ । मेरो बच्चा जन्मिदै एउटा पूर्ण वयस्क हात्ती जत्रो हुन्छ । मलाई फन्को मार्न धेरै ठूलो क्षेत्र चाहिन्छ । त्यसैले म पानीको साना साना क्षेत्रमा बस्न सक्दिन ।

म सर्वाहारी प्राणी हुँ । समुद्रभित्रका बोटबिरुवा र लेउ आदि वनस्पति तथा जीवजन्तुलाई म आफ्नो आहारा बनाउँछु । माछा तथा अन्य जलचर मेरा आहारा बन्छन् । म पानीभित्र सास फेर्न सक्दिन । सास फेर्न पानी बाहिर टाउको निकाल्छु । बेलाबेलामा पानीबाहिर टाउको निकाल्छु र सास तान्छु अनि फेरि म पानीभित्रै डुबुल्की मार्छु । एक पटक सास तानेपछि म आधा घण्टासम्म लगातार पानीमा बस्छु । मैले सास फेर्दा पानी छचल्किन्छ र पानीमा फुरुरु फोका उठ्छन् । मैले सास फेर्दा टाउको पानीबाहिर निकालेका बेला साना खालका जहाज र डुंगामा ठोकिन पुगेँ भने ती पल्टिन पनि सक्छन् ।

मेरो शरीरमा बाक्लो बेसाको सतह हुन्छ । यसले मेरो शरीरलाई न्यानो बनाएर राख्न मद्धत गर्दछ । म चिसो र सङ्लो पानीमा बस्ने गर्छु तैपनि मेरो शरीर यही बोसाका माध्यमबाट सधैं न्यानो भइरहन्छ । मेरो शरीरको बोसो विभिन्न रसायन र औषधि बनाउनका लागि धेरै उपयोगी साबित भएको छ । यसका साथै मेरो मासु पनि मानिसहरू निकै रुचाएर खाने गर्छन् । एउटै प्राणीबाटै निकै ठूलो परिमाणमा मासु प्राप्त गर्न सकिने, बोसोलाई उपयोग गरेर विभिन्न रसायन र औषधि बनाउन सकिने हुँदा मानिसहरू मेरो सिकार गर्न उद्यत् हुनेगरेका छन् । मेरो सिकारमा कडाइ त गरिएको छ तैपनि म चोरी सिकारको चपेटामा परिरहेको छु ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?