प्रतिनिधिसभा र प्रदेशसभा प्रत्यक्षतर्फको सम्पूर्ण नतिजा सार्वजनिक

प्रत्यक्षतर्फ कांग्रेस पहिलो हुँदा समानुपातिकतर्फ एमाले

अनिल क्षेत्री
Read Time = 24 mins

काठमाडौं । प्रतिनिधिसभाका १६५ र प्रदेशसभाका ३३० वटै निर्वाचन क्षेत्रको अन्तिम मत परिणाम सार्वजनिक भएको छ । मतदानको १५ दिनपछि प्रतिनिधिसभा र प्रदेशसभाको प्रत्यक्षतर्फको मत परिणाम सार्वजनिक भएको हो । मंसिर ४ गते भएको मतदानको परिणाम मंसिर १९ मा दोलखाको मतगणना सकिएसँगै सबै क्षेत्रको परिणाम आएको छ । निर्वाचनबाट पाँच दलीय गठबन्धनको नेतृत्व गरिरहेको दल नेपाली कांग्रेस प्रतिनिधिसभामा सबैभन्दा ठूलो राजनीतिक दल बनेको छ । कांग्रेसले ५७ सिटमा जित हासिल गरेको छ । वाम गठबन्धनको बोलवाला रहेको २०७४ को प्रतिनिधिसभा निर्वाचनमा २३ सिट मात्रै जितेको कांग्रेसले यो निर्वाचनमा भने ५७ सिट जितेको छ । यसपटक कांग्रेसले २०७४ मा एमालेसँग मिलेर वाम गठबन्धन बनाएको माओवादी र एमालेबाट विभाजित एकीकृत समाजवादीसहित भएको पाँच दलीय गठबन्धनको अगुवा गरेको थियो । कांग्रेसले लोकतान्त्रिक-वाम गठबन्धनबाट सबैभन्दा बढी ९१ निर्वाचन क्षेत्रमा आफ्ना उम्मेदवार खडा गरेको थियो । जसमध्ये कांग्रेसले ३४ सिटमा पराजय भोगेको छ । गठबन्धन भित्रको सिट बाँडफाँटअनुसार कांग्रेसले ९१, माओवादी केन्द्रले ४३, एकीकृत समाजवादीले २०, लोकतान्त्रिक समाजवादीले ७ र राष्ट्रिय जनमोर्चाले दुई सिटमा उम्मेदवारी दिएका थिए ।

यो निर्वाचनबाट एमाले दोस्रो दल बनेको छ । २०७४ को प्रतिनिधिसभा निर्वाचनमा ८० निर्वाचन क्षेत्रमा आफ्ना उम्मेदवार जिताएर संसद्को सबैभन्दा ठूलो दल बनेको एमालेले यसपटक ४४ सिटमा जित हासिल गरेको छ । एमालेले उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी, राजेन्द्र लिङ्देन अध्यक्ष रहेको राष्ट्रिय प्रजातन्त्र पार्टीसँग तालमेल गरेको थियो । यस्तै, राप्रपा नेपालका अध्यक्ष कमल थापा, जनता प्रगतिशील पार्टीका अध्यक्ष हृदयेश त्रिपाठी लगायतलाई आफ्नो चुनाव चिन्हबाट चुनावी मैदानमा पठाए पनि जिताउन सकेन । एमालेसँग पार्टी एकता गर्ने उद्घोषसहित २०७४ मा वाम गठबन्धन बनाएर चुनावमा जाँदा ३६ सिट जितेको नेकपा माओवादी केन्द्र यो वर्ष ठिक आधा सिटमा खुम्चिएको छ । लोकतान्त्रिक वाम गठबन्धनबाट ४३ सिटमा उम्मेदवार खडा गरेको माओवादीका १८ उम्मेदवार मात्रै जित्न सफल भएका छन् ।

प्रत्यक्षतर्फ एमालेबाट विभाजित भएर बनेको माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) चौथो दल बनेको छ । प्रत्यक्षतर्फ यो पार्टीका १० उम्मेदवार विजयी भएका छन् । प्रतिनिधिसभाको प्रत्यक्षतर्फ पाँचौँ दलको रूपमा रवि लामिछाने सभापति रहेको राष्ट्रिय स्वतन्त्र पार्टी उदाएको छ । उक्त पार्टीले प्रत्यक्षतर्फ सात सिट जितेको छ । राष्ट्रिय प्रजातन्त्र पार्टी र जनता समाजवादी पार्टीले पनि प्रत्यक्षतर्फ सात/सात सिटमा जितेका छन् । जनता समाजवादी विभाजन भएर बनेको लोकतान्त्रिक समाजवादी पार्टीले प्रत्यक्षतर्फ चार सिट जितेको छ । यो निर्वाचनबाट सिके राउत नेतृत्वको जनमत पार्टी पनि राष्ट्रिय पार्टीको रूपमा उदाएको छ । पहिलोपटक चुनावी मैदानमा उत्रिएको जनमत पार्टीका अध्यक्ष राउतले जसपा अध्यक्ष उपेन्द्र यादवलाई पराजित गर्नुभएको छ । २०७४ सालमा कैलालीबाट निर्वाचित भएर पनि टीकापुर घटनाको मुद्दाका कारण जेलमा रहनुभएका रेशम चौधरीकी श्रीमती रञ्जिता श्रेष्ठको अगुवाईमा गठन भएको नागरिक उन्मुक्ति पार्टीले प्रत्यक्षतर्फ तीन सिट जितेको छ । रेशमका बुबा लालवीर चौधरी पनि स्वतन्त्र उम्मेदवारका रूपमा बर्दियाबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित हुनुभएको छ । चौधरीलाई नागरिक उन्मुक्ति पार्टीले समर्थन गरेको थियो । यो निर्वाचनबाट पाँच दलीय गठबन्धनमा रहेको राष्ट्रिय जनमोर्चाले प्रत्यक्षतर्फ एक सिट जितेको छ ।

प्रतिनिधिसभामा पाँच उम्मेदवार स्वतन्त्र उठेर निर्वाचित भएका छन् । मोरङ-५ बाट योगेन्द्र मण्डल, रौतहट-२ बाट किरणकुमार साह र ३ बाट प्रभु साह निर्वाचित हुनुभएको छ । त्यस्तै, सर्लाही-४ बाट अमरेशकुमार सिंह निर्वाचित हुनुभएको छ । बर्दिया-२ बाट रेशम चौधरीका बुबा लालवीर चौधरी स्वतन्त्र उम्मेदवार बनेर निर्वाचित हुनुभएको छ । प्रतिनिधिसभाको प्रत्यक्षतर्फको समग्र नतिजा हेर्दा कांग्रेस नेतृत्वको पाँच दलीय गठबन्धनले १६५ मध्ये ९० सिटमा जित हासिल गरेको छ । चुनावी तालमेल गरेका एमाले, राप्रपा र जसपा गठबन्धनले भने ५८ सिट जितेको छ ।

प्रदेशसभा प्रत्यक्षतर्फको पनि सम्पूर्ण मत परिणाम सार्वजनिक भएको छ । प्रदेशसभा प्रत्यक्षतर्फ पनि नेपाली कांग्रेस पहिलो पार्टी बन्न सफल भएको छ । सातवटै प्रदेशका ३३० प्रदेशसभा निर्वाचन क्षेत्रमध्ये ११३ स्थानमा जितेर कांग्रेस पहिलो दल बनेको हो । यस्तै, नेकपा एमाले ९१ सिट जितेर दोस्रो दल बनेको छ । माओवादी केन्द्रले ५३ सिट जितेर तेस्रो दल बनेको छ । एकीकृत समाजवादी पार्टी १५ सिट जितेको छ । जनता समाजवादी पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीले ११/११ स्थानमा जित हासिल गरेका छन् । लोकतान्त्रिक समाजवादी पार्टीले नौ, जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टीले सात/सात, हाम्रो नेपाली पार्टीले एक र स्वतन्त्रले १२ सिट हासिल गरेका छन् । प्रदेशतर्फ मधेश प्रदेशसभामा अनिरुद्ध कुमार सिंह, सुरिताकुमारी साह, जवाहर लाल कुशवाहा, केशव राय, शारदा शंकरप्रसाद कलवार र प्रमोदकुमार जयसवाल निर्वाचित हुनुभएको छ । गण्डकी प्रदेशसभा सदस्यमा स्वतन्त्रबाटै राजीव गुरुङ निर्वाचित हुँदा लुम्बिनी प्रदेशमा सुरुल पुन, दीपेन्द्रकुमार पुन मगर र खड्ग बस्नेत निर्वाचित हुनुभएको छ । कर्णाली प्रदेशसभामा देवेन्द्रबहादुर शाही र सुदूरपश्चिम प्रदेशसभा सदस्यमा तारा प्रसाद जोशी निर्वाचित हुनुभएको छ ।

प्रत्यक्षतर्फ कसलाई नाफा कसलाई घाटा ?
२०७४ को निर्वाचनमा २३ सिट मात्रै जितेको कांग्रेसले यसपटक थप ३४ सिट जितेको छ । प्रमुख दुई कम्युनिस्ट दल एमाले र माओवादी केन्द्रको भने उल्लेखनीय रूपमा सिट संख्या घटेको छ । २०७४ मा ८० सिट जितेको एमालेले यसपटक ४४ सिट मात्रै जितेको छ । उसले ३६ सिट कम जितेको हो । माओवादी केन्द्रले २०७४ मा ३६ सिट जितेकोमा यसपटक ठिक आधा अर्थात् १८ वटा मात्रै सिट जितेको छ । दुई मधेश केन्द्रित दल लोसपा र जसपाको पनि सिट संख्या घटेको छ । २०७४ मा राजपाको रूपमा निर्वाचन लडेको अहिलेको लोसपाले चार सिट मात्रै जितेको छ । २०७४ मा उसले ११ सिट जितेको थियो । २०७४ मा संघीय समाजवादी फोरमको रूपमा निर्वाचनमा होमिएको उपेन्द्र यादव नेतृत्वको दलले १० सिट जितेको थियो । यसपटक जसपाको रूपमा निर्वाचन लडेको सोही दलले जम्मा सात सिट जितेको छ । अध्यक्ष उपेन्द्र यादव नै पराजित हुनुभएको छ । २०७४ मा एक/एक सिट जितेका नेमकिपा र राष्ट्रिय जनमोर्चाले अहिले पनि एक-एक सिट मात्रै जितेका छन् । त्यतिबेला एक सिट जितेको राप्रपाले अहिले सात सिट जितेको छ । अघिल्लो निर्वाचनमा एकजना स्वतन्त्र उम्मेदवार मात्र जित हासिल गरेकोमा यसपटक पाँचजना स्वतन्त्र उम्मेदवारले जित हासिल गर्न सफल भएका छन् । एमाले विभाजन भएर गठन भएको एकीकृत समाजवादीले १० सिट जितेको छ । विभाजनका बेलामा ११ जना प्रत्यक्ष निर्वाचित सांसद एकीकृत समाजवादीतिर लागेका थिए । सोही संख्याको आधारमा पनि उसलाई एक सिट घाटा लागेको देखिन्छ ।

प्रतिनिधिसभामा प्रत्यक्षतर्फ निर्वाचित सांसदहरू -
नेपाली कांग्रेस
१. मुस्ताङ – योगेश गौचन
२. मनाङ – टेकबहादुर गुरुङ
३. काठमाडौं–१ – प्रकाशमान सिंह
४. काठमाडौं–३ – सन्तोष चालिसे,
५. काठमाडौं–४ – गगनकुमार थापा
६. काठमाडौं–५ – प्रदीप पौडेल
७. रसुवा – मोहन आचार्य
८. ललितपुर–१ – उदयशमशेर जबरा
९. तनहुँ–२ – शंकर भण्डारी
१०. डडेल्धुरा – शेरबहादुर देउवा
११. काठमाडौं–१० – राजेन्द्रकुमार केसी
१२. पर्सा–४ – रमेशकुमार रिजाल
१३. सुर्खेत–२ – हृदयराम थानी
१४. ओखलढुंगा – रामहरि खतिवडा
१५. झापा–१ – विश्वप्रकाश शर्मा
१६. पर्सा–१ – अजयकुमार चौरसिया
१७. गोरखा–१ – राजेन्द्र बजगाईं
१८. म्याग्दी – खमबहादुर गर्बुजा
१९. अछाम–२ – पुष्पबहादुर शाह
२०. कैलाली–४ – वीरबहादुर बलायर
२१. दार्चुला – दिलेन्द्रप्रसाद बडू
२२. कञ्चनपुर–३ – रमेश लेखक
२३. भक्तपुर–२ – दुर्लभ थापा क्षेत्री
२४. दैलेख–२ – दिक्पालकुमार शाही
२५. कञ्चनपुर–२ – एनपी साउद
२६. तनहुँ–१ – रामचन्द्र पौडेल
२७. बाँके–३ – किशोरसिंह राठौर
२८. नवलपुर–१ – शशांक कोइराला
२९. धादिङ–२ – रामनाथ अधिकारी
३०. रौतहट–४ – देवप्रसाद तिमल्सिना
३१. सिन्धुली–१ – श्यामकुमार घिमिरे
३२. सप्तरी–३ – दिनेशकुमार यादव
३३. नवलपुर–२ – विष्णुकुमार कार्की
३४. सुर्खेत–१ – पूर्णबहादुर खड्का
३५. बर्दिया–२ – सञ्जय गौतम
३६. दाङ–३ – दीपक गिरी
३७. नवलपरासी–१ – विनोद चौधरी
३८. सिन्धुपाल्चोक–२ – मोहन बस्नेत
३९. धनुषा–२ – रामकृष्ण यादव
४०. स्याङ्जा–१ – राजु थापा
४१. गुल्मी–१ – चन्द्र भण्डारी
४२. मोरङ–६ – डा. शेखर कोइराला
४३. मोरङ–३ – डा. सुनील शर्मा
४४. कपिलवस्तु–२ – सुरेन्द्रराज आचार्य
४५. संखुवासभा – दीपक खड्का
४६. तेह्रथुम – सीता गुरुङ
४७. कैलाली–५ – डिल्लीराम पन्त
४८. सप्तरी–४ – तेजुलाल चौधरी
४९. नुवाकोट–२ – अर्जुननरसिंह केसी
५०. मुगु – ऐनबहादुर शाही
५१. मोरङ–१ – डिगबहादुर लिम्बू
५२. रामेछाप – पूर्णबहादुर तामाङ
५३. महोत्तरी–४ – महेन्द्रकुमार राय
५४. उदयपुर–१ – डा. नारायण खड्का
५५. सुनसरी–४ – ज्ञानेन्द्रबहादुर कार्की
५६. स्याङ्जा–२ – धनराज गुरुङ
५७. बाजुरा – बद्रीप्रसाद पाण्डे

नेकपा एमाले
१. उदयपुर–२ – अम्बरबहादुर रायमाझी
२. काठमाडौं–९ – कृष्णगोपाल श्रेष्ठ
३. ललितपुर–२ – प्रेमबहादुर महर्जन
४. गुल्मी–२ – गोकर्ण विष्ट
५. झापा–२ – देवराज घिमिरे
६. झापा–५ – केपी शर्मा ओली
७. ताप्लेजुङ – योगेश भट्टराई
८. पर्सा–३ – राजकुमार गुप्ता
९. अर्घाखाँची – टोपबहादुर रायमाझी
१०. प्युठान – सूर्य थापा
११. मकवानपुर–२ – महेशकुमार बर्तौला
१२. कास्की–२ – विद्या भट्टराई
१३. पर्वत – पदम गिरी
१४. लमजुङ – पृथ्वीसुब्बा गुरुङ
१५. रुपन्देही–५ – वासुदेव घिमिरे
१६. सोलुखुम्बु – मानवीर राई
१७. धनकुटा – राजेन्द्र राई
१८. झापा–४ – एलपी साँवा लिम्बू
१९. सिरहा–१ – रामशंकर यादव
२०. बाँके–१ – सूर्यप्रसाद ढकाल
२१. बैतडी – दामोदर भण्डारी
२२. कपिलवस्तु–१ – बलराम अधिकारी
२३. कञ्चनपुर–१ – तारा लामा तामाङ
२४. पाँचथर – वसन्तकुमार नेम्वाङ
२५. कास्की–३ – दामोदर पौडेल
२६. सर्लाही–३ – हरिप्रसाद उप्रेती
२७. मोरङ–२ – ऋषिकेश पोखरेल
२८. कपिलवस्तु–३ – मंगलप्रसाद गुप्ता
२९. रुपन्देही–१ – छविलाल विश्वकर्मा
३०. रुपन्देही–२ – विष्णु पौडेल
३१. पाल्पा–१ – नारायण आचार्य
३२. कास्की–१ – मनबहादुर गुरुङ
३३. काभ्रे–२ – गोकुल बाँस्कोटा
३४. बारा–३ – ज्वालाकुमारी साह
३५. बारा–१ – अच्युत मैनाली
३६. पाल्पा–२ – ठाकुर गैरे
३७. सिरहा–३ – लीलानाथ श्रेष्ठ
३८. धनुषा–३ – जुलीकुमारी महतो
३९. सुनसरी–२ – भीम आचार्य
४०. इलाम–२ – सुवास नेम्वाङ
४१. महोत्तरी–१ – लक्ष्मी महतो
४२. इलाम–१ – महेश बस्नेत
४३. धनुषा–४ – रघुवीर महासेठ
४४. सुनसरी–३ – भगवती चौधरी

नेकपा माओवादी केन्द्र
१. सिन्धुली–२ – लेखनाथ दाहाल
२. सिन्धुपाल्चोक–१ – माधव सापकोटा
३. बागलुङ–२ – देवेन्द्र पौडेल
४. रोल्पा – वर्षमान पुन
५. रुकुम पूर्व – पूर्णबहादुर घर्तीमगर
६. जाजरकोट – शक्तिबहादुर बस्नेत
७. गोरखा–२ – पुष्पकमल दाहाल ‘प्रचण्ड’
८. दाङ–२ – रेखा शर्मा
९. रुकुम पश्चिम – जनार्दन शर्मा
१०. खोटाङ – रामकुमार राई
११. भोजपुर – सुदन किराँती
१२. मोरङ–४ – अमनलाल मोदी
१३. हुम्ला – कार्जेन लामा
१४. नुवाकोट–१ – हितबहादुर तामाङ
१५. खोटाङ – रामकुमार राई
१६. काभ्रे–१ – सूर्यमान तामाङ
१७. सर्लाही–२ – महिन्द्र राय यादव
१८. दोलखा – गंगा कार्की

नेकपा एकीकृत समाजवादी
१. अछाम–१ – शेरबहादुर कुँवर
२. बारा–४ – कृष्णकुमार श्रेष्ठ
३. दैलेख–१ – अमरबहादुर थापा
४. सल्यान – प्रकाश ज्वाला
५. डोटी – प्रेमबहादुर आले
६. बझाङ – भानुभक्त जोशी
७. रौतहट–१ – माधवकुमार नेपाल
८. डोल्पा – धनबहादुर बुढा
९. धादिङ–१ – राजेन्द्र पाण्डे
१०. दाङ–१ – मेटमणि चौधरी

राष्ट्रिय स्वतन्त्र पार्टी
१. काठमाडौं–७ – गणेश पराजुली
२. काठमाडौं–८ – विराजभक्त श्रेष्ठ
३. काठमाडौं–२ – सोविता गौतम
४. काठमाडौं–६ – शिशिर खनाल
५. ललितपुर–३ – तोसिमा कार्की
६. चितवन–२ – रवि लामिछाने
७. चितवन–१ – हरि ढकाल

राष्ट्रिय प्रजातन्त्र पार्टी
१. बाँके–२ – धवलशमशेर जबरा
२. जुम्ला – ज्ञानेन्द्रबहादुर शाही
३. मकवानपुर–१ – दीपकबहादुर सिंह
४. झापा–३ – राजेन्द्र लिङ्देन
५. चितवन–३ – विक्रम पाण्डे
६. नवलपरासी पश्चिम–२ – ध्रुवबहादुर प्रधान
७. रुपन्देही–३ – दीपक बोहरा

जनता समाजवादी पार्टी, नेपाल
१. पर्सा–१ – प्रदीप यादव
२. सप्तरी–१ – नवलकिशोर साह
३. सिरहा–४ – वीरेन्द्रप्रसाद महतो
४. सिरहा–२ – राजकिशोर यादव
५. बारा–२ – रामसहायप्रसाद यादव
६. धनुषा–१ – दीपक कार्की
७. सुनसरी–१ – अशोक राई

लोकतान्त्रिक समाजवादी पार्टी, नेपाल
१. रुपन्देही–४ – सर्वेन्द्रनाथ शुक्ल
२. सर्लाही–१ – रामप्रकाश चौधरी
३. महोत्तरी–२ – शरतसिंह भण्डारी
४. महोत्तरी–३ – महन्थ ठाकुर

नागरिक उन्मुक्ति पार्टी
१. कैलाली–३ – गंगाराम चौधरी
२. कैलाली–१ – रञ्जिता श्रेष्ठ चौधरी
३. कैलाली–२ – अरुणकुमार चौधरी

जनमत पार्टी
१. सप्तरी–२ – डा. चन्द्रकान्त (सिके) राउत

राष्ट्रिय जनमोर्चा
१. बागलुङ–१ – चित्रबहादुर केसी

नेपाल मजदुर किसान पार्टी
१. भक्तपुर–१ – प्रेम सुवाल

स्वतन्त्र
१. बर्दिया–२ – लालवीर चौधरी
२. सर्लाही–४ – अमरेशकुमार सिंह
३. मोरङ–५ – योगी मण्डल
४. रौतहट–३ – प्रभु साह
५. रौतहट–२ – किरण साह

समानुपातिक तर्फको मतगणना अन्तिम चरणमा, एमाले पहिलो
मंसिर ४ गते सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनअन्तर्गत समानुपातिक तर्फको मतगणना अन्तिमतिर पुगेको छ । निर्वाचन आयोगले सोमबार रातिभित्र समानुपातिक तर्फको मतगणना सम्पन्न गरिसक्न मुख्य निर्वाचन अधिकृतको कार्यालयलाई निर्देशन दिइसकेको छ । निर्वाचन आयोगको वेबसाइटमा सूचीकृत डाटाअनुसार सोमबार अपरान्हसम्म एक करोड चार लाख ३० हजार ४३९ मत गणना गर्दा नेकपा एमालेको अग्रता कायमै छ । एमालेले २७ लाख ९१ हजार ७३४ मत प्राप्त गरेको छ । २६ लाख ६६ हजार २६२ मत ल्याएर कांग्रेस दोस्रो स्थानमा छ । तेस्रो स्थानमा रहेको नेकपा माओवादीको ११ लाख ६२ हजार ९३१ मत छ । ११ लाख २४ हजार ५५७ मत ल्याएर राष्ट्रिय स्वतन्त्र पार्टीले चौथो स्थान कायमै राखेको छ । राप्रपा ५ लाख ८६ हजार ६५९ मतका साथ पाँचाँै स्थानमा रहँदा चार लाख २० हजार ९४६ मत ल्याएर जसपा छैटौँ स्थानमा छ ।

डा.सिके राउत नेतृत्वको जनमत पार्टीको तीन लाख ९४ हजार ५२३ मत रहेको छ । नेकपा एसको दुई लाख ९४ हजार ४११ हुँदा नागरिक उन्मुक्तिको दुई लाख ७१ हजार ६६३ मत छ । प्रत्यक्षमा १० सिट जितेको नेकपा एसले थ्रेसहोल्ड कटाउने सम्भावना समाप्त हुँदै गएको छ । हालसम्म थ्रेसहोल्ड पार गर्ने दलको संख्या सात रहेको छ । हालसम्मको आँकडाअनुसार एमालेले प्रतिनिनिधिसभाको समानुपातिकतर्क ३३ सिट पाउनेछ । नेपाली कांग्रेसले ३२, माओवादी केन्द्रले १४, राष्ट्रिय स्वतन्त्र पार्टीले १३, राप्रपा सात, जसपा ६, जनमत पार्टीले पाँच सिट पाउने देखिन्छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?