रोहितले बंगलादेशसँगको पहिलो टेस्ट गुमाउने

Read Time = 2 mins

ढाका । भारतीय कप्तान रोहित शर्माले घरेलु टोली बंगलादेशसँगको पहिलो टेस्ट गुमाउने हुनुभएको छ । शर्माले दुई टेस्ट सिरिजको पहिलो खेल गुमाउने भारतीय क्रिकेट बोर्डले जनाएको छ । भारतीय क्रिकेट टिमका कप्तान शर्मालाई बंगलादेशविरुद्धको दोस्रो एकदिवसीय खेलका क्रममा बायाँ हातको औंलामा चोट लागेको थियो । चिकित्सकको सल्लाहबमोजिम उहाँले आराम गर्नुपर्ने भएको हो । भारतीय सिनियर छनोट समितिले पहिलो टेस्टका लागि अभिमन्यु ईश्वरमलाई टोलीमा समावेश गरेको छ ।

तीव्रगतिका बलर मोहम्मद शमी र अलराउण्डर रविन्द्र जडेजा चोटका कारण यस सिरिजबाट बाहिरिनुभएको छ । चयनकर्ताले शमी र जडेजाको स्थानमा नवदीप सैनी र सौरभ कुमारलाई टोलीमा समावेश गरेका छन् ।

बंगलादेशविरुद्ध खेल्ने भारतीय टोलीमा केएल राहुल (कप्तान), शुभमन गिल, चेतेश्वर पुजारा, विराट कोहली, श्रेयस एयर, ऋषभ पन्त, केएस भरत, रविचन्द्रन अश्विन, अक्षर पटेल, कुलदीप यादव, शार्दुल ठाकुर, मोहम्मद सिराज, उमेश यादव, अभिमन्यु ईश्वरन, नवदीप सैनी, सौरभ कुमार र जयदेव उनादकट हुनुहुन्छ । एजेन्सी ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?