विश्वकप फाइनल सिमोनले खेलाउने

Read Time = 2 mins

दोहा । कतारमा जारी फिफा विश्वकप २०२२ अन्तर्गत अर्जेन्टिना र फ्रान्सबीच आइतबार हुने फाइनल खेल युरोपेली रेफ्री सिमोन मार्सिनियाकले खेलाउनुहुने भएको छ । उहाँ पोल्याण्डको हुनुहुन्छ । फिफाले सिमोनसँगै पोल्याण्डकै पावेल सोकोल्निच्की र टोमास्ज लिस्त्कीविच्जलाई सहायक रेफ्रीको जिम्मेवारी दिएको छ । यस्तै अमेरिकी इस्माइल एल्फाथ फोर्थ खेल अफिसियलको भूमिकामा रहनुहुनेछ ।

सिमानेले यसअघि जारी विश्वकपमा फ्रान्स र अर्जेन्टिना दुवैको खेलमा रेफ्रीको भूमिका निर्वाह गरिसक्नुभएको छ । उहाँले समूह चरणमा फ्रान्स र डेनमार्कबीच खेल पनि खेलाउनुभएको थियो । त्यस्तै राउण्ड अफ १६ मा अर्जेन्टिनाले अष्ट्रेलियालाई दुई-एकले हराउँदा पनि उहाँ मुख्य रेफ्री हुनुहुन्थ्यो ।

यस्तै तेस्रो स्थानका लागि हुने क्रोएसिया र मोरोक्कोबीचको खेलका लागि कतारका अब्दुलरहमान अल जसिमले मुख्य रेफ्रीको भूमिका निर्वाह गर्नुहुने भएको छ । उहाँलाई कतारकै तालेब अल मारी र साउद अहमद अलमकालेले साथ दिनुहुनेछ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?