तीन अर्बको सेयर कारोबार

हिमालय टाइम्स
Read Time = 3 mins

काठमाडौं । पछिल्लो समय निरन्तर बढ्दोक्रममा रहेको सेयर बजारमा सोमबार पनि १७.५६ अंक बढेर २०६३.८३ अंकमा पुगेको छ भने झण्डै तीन अर्ब अर्थात् दुई अर्ब ९६ करोड नौ लाख २७ हजार चार सय ४० रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । दुई सय ५३ कम्पनीका ८२ लाख ७१ हजार तीन सय ५५ कित्ता सेयर खरिदबिक्री भएका छन् । ठूला कम्पनीको कारोबार मापक सेन्सेटिभ इण्डेक्स पनि ०.८८ अंकले बढेको छ ।

नबिल बैंकको सर्वाधिक दुई हजार नौ सय ६१ वटा कारोबारबाट १६ करोड ८४ लाख ५१ हजार रुपैयाँको सेयर खरिदबिक्री भएको छ भने एचडिएल १६ करोड ६४ लाख, एनआइसी एसिया बैंक ११ करोड १४ लाख, नेपाल टेलिकम आठ करोड ३५ लाख र युनिभर्सल पावर कम्पनीको सात करोड ९२ लाख रुपैयाँको सेयर कारोबार भएको छ । कारोबारमा आएका चार कम्पनीको सेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ । धौलागिरि लघुवित्त १० प्रतिशत, सिर्जनशील लघुवित्त, खप्तड लघुवित्त र अजोड इन्स्योरेन्सको सेयरमूल्यमा सकारात्मक सर्किट लागेको हो । धौलागिरि लघुवित्त १० प्रतिशत, सिर्जनशील लघुवित्त १० प्रतिशत, खप्तड लघुवित्त ९.९९ प्रतिशत र अजोड इन्स्योरेन्सको सेयरमूल्य ९.९८ प्रतिशतले बढेको छ ।

प्रभु इन्स्योरेन्स, युनाइटेड इर्दी मर्दी, दोर्दी खोला, युनाइटेड इन्स्योरेन्स, बुद्धभूमि नेपाल, सिंगटी हाइड्रोपावरको सेयरमूल्य पनि बढेको छ । प्रभु इन्स्योरेन्स नौ प्रतिशत, युनाइटेड इर्दी मर्दी हाइड्रोपावर ८.५३ प्रतिशत, दोर्दी खोला ८.४६ प्रतिशत, युनाइटेड इन्स्योरेन्स ७.८९ प्रतिशत, बुद्धभूमि नेपाल हाइड्रोपावर ७.४६ प्रतिशत, सिंगटी हाइड्रोपावरको सेयरमूल्य ७.२९ प्रतिशतले बढेको छ । तर, एनएमबी-५० को इकाई र नेपाल टेलिकम, नेपाल इन्भेष्टमेन्ट बैंक, नेपाल बैंक २.५६ र तेह्रथुम पावरको सेयरमूल्य भने घटेको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) का अनुसार कारोबारमा आएका १३ समूहगत सूचकमध्ये उत्पादन तथा प्रशोधन, म्युचुअल फण्ड र अन्य सूचक घटेको छ भने बाँकी सबैको बढेको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?