इन्टरद्वारा एसी मिलान पराजित

Read Time = 1 min

मिलान । इटालियन सिरी ‘ए’ को मिलान डर्वीमा इन्टर मिलानले एसी मिलानलाई एक-शून्य गोलअन्तरले पराजित गरेको छ । इन्टरको जितमा अर्जेन्टिनी फरवार्ड लोउटारो मार्टिनेजले निर्णायक गोल गर्नुभयो । उहाँले खेलको ३४औँ मिनेटमा गोल गर्नुभएको थियो ।

यस जितसँगै इन्टर २१ खेलबाट ४३ अंक जोडेर दोस्रो स्थानमा रहेको छ । इन्टर नेपोलीभन्दा १३ अंकले अघि छ । पराजित मिलान ३८ अंक जोडेर छैटौँ स्थानमा छ ।

सिरी ‘ए’ मै नेपोलीले स्पेजियालाई तीन-शून्यले पराजित ग¥यो । नेपोलीको जितमा भिक्टर ओसिमहेनले दुई तथा केभिचाले एक गोल गर्नुभयो । यस जितसँगै नेपोलीको २१ खेलबाट ५६ अंक पुगेको छ । पराजित स्पेजिया १८ अंक जोडेर १७औँ स्थानमा छ । एजेन्सी

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?