करिश्माको बेनिशासँग सुन्दरताका कुरा, डिएचसीका उत्पादन नेपाली बजारमा

Read Time = 4 mins

काठमाडौं । नेपाली चलचित्र क्षेत्रमा अभिनेत्री करिश्मा मानन्धरलाई सदाबहार नायिका भनेर चिनिन्छ । विशेषगरी करिश्माको सुन्दरताको खुबै चर्चा हुने गर्छ । करिश्माले सुन्दरतालाई जोगाइराख्न के गर्नुपर्छ भन्ने प्रश्नको उत्तर दिइरहनुपरेको हुन्छ ।

यसैबीच अभिनेत्री करिश्माले आफूले सुन्दरताका लागि गुणस्तरयुक्त कस्मेटिकमा कहिल्यै पनि सम्झौता नगर्ने बताउनुभएको छ । बाल्यकालदेखि नै आफू कस्मेटिकप्रति निकै सजग भएको उहाँको कथन छ ।

बिहीबार काठमाडौंमा एक समारोहबीच जापानको अन्तर्राष्ट्रिय उत्पादन ब्युटी कस्मेटिक ‘डिएचसी’ को स्किनसम्बन्धी विभिन्न २१ वटा उत्पादन सार्वजनिक गर्दै अभिनेत्री करिश्माले यस्तो भनाइ राख्नुभएको हो ।

कार्यक्रममा अभिनेत्रीहरू करिश्मा मानन्धर, बेनिशा हमाल, गायिका तृष्णा गुरुङ, मोडल उषा उप्रेती, हिमाञ्चल ट्रेडिङका अध्यक्ष नारायणप्रसाद न्यौपाने, प्रबन्ध निर्देशक सुजन न्यौपाने, डिएचसीका नेपाल सेल्स म्यानेजर कमल भारतीले डिएचसीका २१ वटा उत्पादनको संयुक्त लोकार्पण गर्नुभएको थियो ।

विश्वका मानिसहरूको मन जितेर सबैलाई प्राकृतिकरूपमै सुन्दर बनाउँदै आएको सौन्दर्यसम्बन्धी अन्तर्राष्ट्रिय उत्पादन डिएचसीलाई आफूले सार्वजनिक गर्न पाउँदा निकै खुशी लागेको पनि करिश्माले बताउनुभयो । जापानमा कस्मेटिक अवार्ड जितेको यो उत्पादनप्रति आफू विश्वस्त रहेको उहाँको भनाइ थियो ।

यस्तै अभिनेत्री बेनिशा हमालले विश्वमा प्रतिसेकेन्ड कम्तीमा एक उत्पादन बिक्री हुने डिएचसी आफूहरूका लागि झनै उपयोगी हुने बताउनुभयो ।

त्यस्तै मोडल उषा उप्रेतीले नारीहरूको सुन्दरतामा ब्युटी उत्पादनको निकै महत्व हुने गरेको बताउनुभयो । नक्कली कस्मेटिक सामग्रीले छालालाई असर पारेका बेला यो अन्तर्राष्ट्रिय क्षेत्रमै लोकप्रिय जापानिज उत्पादन डिएचसीले नेपालीहरूको सुन्दरतामा अझ निखार ल्याउने बताउनुभयो ।

नेपालमा डिएचसीको उत्पादन भित्र्याउन सफल कम्पनी हिमाञ्चल ट्रेडिङका प्रबन्ध निर्देशक सुजन न्यौपानेले जापानमा क्लिनिकली प्रमाणित भएको आइएसओबाट प्रमाणित डिएचसीको उत्पादन हलिउडका स्टारहरूको समेत पहिलो नम्बरको रोजाइमा परेको कस्मेटिक भएको बताउँदै यो अन्तर्राष्ट्रिय ब्रान्ड विश्वका ३५ भन्दा बढी देशमा बिक्रीवितरण हुँदै आएको जानकारी गराउनुभयो ।

सञ्चारकर्मी तथा चलचित्र निर्देशक दिनेश डिसीले डिएचसीले सार्वजनिक गरेको उत्पादनबारे जानकारी गराउनुभएको थियो । कार्यक्रममा अग्रज ब्युटिसियन सोनी कारंजित र कस्मेटोलोजिस्ट परिषी कारंजितले डिएचसीको उत्पादन कसरी प्रयोग गर्ने भनेर देशभरका सयभन्दा बढी बिक्रेता तथा ब्युटिसियनहरूलाई कार्यक्रममा कार्यशालामार्फत् जानकारी गराउनुभएको थियो । यो उत्पादन नेपाली बजारमा पठाइसकेको डिएचसीका नेपाल सेल्स म्यानेजर कमल भारतीले जानकारी गराउनुभयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?