ग्यालेक्सिी एक्सिलेन्स अवार्डको दोस्रो संस्करण हुने

Read Time = 1 min

काठमाडौं । ग्यालेक्सिी एक्सिलेन्स अवार्डको दोस्रो संस्करण हुने भएको छ । गत वर्षदेखि आयोजना गर्न थालिएको यो अवार्डको दोस्रो संस्करण हुने भएको हो ।

करिब एक दशकभन्दा लामो समयदेखि सौन्दर्य प्रतियोगिता, फेशन शो राष्ट्रिय, अन्तर्राष्ट्रिय शो एवं कार्यक्रम आयोजना गर्दै आएको निकिला मिडिया नेटवर्क तथा भवानी इन्टरटेनमेन्टको संयुक्त आयोजनामा यो अवार्ड हुन लागेको हो ।

लामो समयदेखि आ-आफ्नो क्षेत्रमा तल्लिन भई लागेर सफलता हासिलगरी देश विदेशमा नाम कमाउन सफल भई समाज र देशका लागि अतुलनीय योगदान दिने अग्रज स्रष्टा, सर्जक, कलाकार, शिक्षाविद्, पत्रकार, समाजसेवी, व्यवसायीलगायत विभिन्न क्षेत्रमा आवद्ध पेशाकर्मीलाई सम्मान गरिने आयोजकले जनाएको छ । ३५ विधामा अवार्ड वितरण गरिने यो अवार्डको दोस्रो संस्करण आगामी चैत १७ मा आयोजना गरिने बताइएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?