प्राप्त निर्वाचन परिणाम र विरोध

Read Time = 6 mins

गत वैशाख ३० गते सम्पन्न भएको स्थानीय निकायको निर्वाचनको परिणाम धमाधम प्रकाशन भइरहेको छ । यस क्रममा धेरैजसो ठाउँमा अनुमान अनुसारकै परिणाम देखिएको छ । केही ठाउँमा भने अपेक्षाविपरीतका परिणाम पनि देखिएका छन् । जहाँ-जहाँ राजनीतिक पार्टीहरूले आ-आफ्नो पकड क्षेत्र भनेर दाबी गर्दै आएका थिए धेरैजसो त्यस्ता ठाउँमा तिनकै विजय भएको छ । थोरै ठाउँमा तिनको अनुमान अनुसार परिणाम आएको छैन । नेपाली कांग्रेसले आफ्नो राम्रो पकड क्षेत्र भनेको ठाउँमा एमालेले र एमालेले राम्रो भनेका ठाउँमा नेपाली कांग्रेसले विजय गरेका केही उदाहण भए पनि समग्रमा सोचेअनुसारकै परिणाम आएको छ । सरकारमा रहेको दलहरूले आपसमा गठबनधन गरी निर्वाचनमा जाने भनेर गरेको निर्णय सबै ठाउँमा त्यही रूपमा पालना भएन ।

जुन ठाउँमा जजसको राम्रो पकड छ ती-ती ठाउँमा तालमेन गरिएन । ती दलहरूले एकलौटी उम्मेदवारी दिए जसले गर्दा केही ठाउँमा ती दलहरूले विजय हासिल गर्न सकेनन् । त्यस्ता ठाउँमा एमालेले विजय गर्‍यो । हालको निर्वाचन एक प्रकारले हेर्ने हो भने एमालेका विरुद्ध अरूको गठबन्धन हो भन्दा फरक पर्दैन । हाससम्म घोषणा भएको निर्वाचन परिणामलाई हेर्दा नेपाली कांग्रेसको सबैभन्दा बढी त्यसपछि एमाले, त्यसपछि माओवादी केन्द्र, नेकपा एमाले समाजवादी र राप्रपा रहेका छन् । अग्रपंक्तिमा उभिने सबैभन्दा ठूला दलहरूमा नेपाली कांग्रेस र एमाले नै देखिएका छन् । राजनीतिक इतिहासमा नेकपा एमालले आफू सरकारमा छँदा केही कमजोरी छोडेकै हो । त्यसले गर्दा एमालेलाई पाखा लगाउने गरी अन्य दलहरूले गठबन्धन गरेका हुन् ।

आफू आक्रामक रूपमा रहन नसक्ने अवस्था भएपछि रक्षात्मक रूपमा रहेको एमालेले तुलनात्कमक रूपमा धेरै नै स्थान ल्याउँदै छ । तर, हामी यसभन्दा अझै धेरै राम्रो गर्नेथियौं सत्तारूढ दलहरूले धाँधली गर्‍यो भन्ने उनीहरूको भनाइ छ । सत्तामा रहेका दलहरू भने हामी जे जति स्थानमा विजयी भइरहेको छौं त्यो हाम्रो भद्र मत हो भन्ने नेपाली कांग्रेसलगायत सत्तारढ दलहरूको भनाइ छ । एमालेले डेरामा बस्नेहरूलाई समेत मतदाता नामवलीमा नाम दर्ता गर्नेदेखि निर्वाचनका दिन नक्कली मतदातालाई मत खसाल्न लगाउने, अर्को पक्षका मतदातालाई अवरोध पुर्‍याउने, आफ्ना पक्षका मत पहिले नै खसाल्ने र अरू पक्षलाई अनेका प्रकारका धम्की दिएर बाटैबाट फर्काउने जस्ता काम एमालेबाट भएका छन् भन्ने आराप सत्तारुढ पक्षका पार्टीहरूबाट भइरहेको छ ।

अहिलेसम्मको परिणाम हेर्दा नेपाली कांग्रेसले जितेको सिटभन्दा आधा सिटमा एमाले आएको छ भने एमालेले जितेभन्दा आधा सिटमा माओवादी केन्द्रको विजय भएको छ । त्यसपछि मात्र एमाले समाजवादी र त्यसभन्दा पछि राप्रपाले विजय हासिल गरेको छन् । धेरै ठाउँमा तालमेल भएन । त्यसैले नेपाली कांग्रेससँग केही ठाउँमा मात्र तालमल गरेर अघि बढेको नेकपा कमाओवादी केन्द्रले अपेक्षित रूपमा कम स्थानमा विजय हासिल गरेको छ । त्यसैले माओवादी केन्द्रले पनि यसको दोष कांग्रेसलाई नै लगाएको छ । कांग्रेसमा इमानदारी देखिएन भन्ने उसको आरोप छ । नेकपा एमालेले त पन्ध्र बुँदे विरोध नै प्रकाशित गरेको छ ।

आफूले हारेपछि यसरी धाँधली भयो भनेर विरोध गर्ने प्रचलन नेपाली राजनीतिमा पुरानै हो । संविधानसभाको पहिलो निर्वाचनमा पहिले शक्ति बन्न पुगेको माओवादी पार्टी संविधानसभाको दोस्रो निर्वाचन २०७० सालमा तेस्रो शक्ति बन्न पुग्यो । त्यसपछि सरकारले व्यापक रूपमा धाँधली भयो भनेर माओवादी पार्टीले देशव्यापी रूपमा हल्ला फिँजायो तर अन्तिममा त्यही परिणामलाई स्वीकार गरेर संविधानसभामा समावेश भयो । अझैसम्म पनि हालै सम्पन्न निर्वाचनको अन्तिम परिणाम आइसकेको छैन । उक्त परिणाम पर्खिएर यदि केही कमीकमजोरी भएको रहेछ भने त्यसमाथि तार्किक रूपमा विरोध जनाउने बाटो खुला छ । त्यसैले पराजयको मानसिकताले विरोध जनाउनुको कुनै औचित्य नै छैन भन्ने सबै पार्टीले बझ्नुपर्ने हुन्छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?