सेयर बजार फेरि घट्यो

Read Time = 2 mins

काठमाडौं । बुधबार सामान्य सुधार देखिएको सेयर बजार बिहीबार उच्च अंकले घटेको छ । नेप्से २३.५१ अंकले घटेको हो । ठूला कम्पनीको कारोबार मापक सूचक सेन्सेटिभ इन्डेक्स पनि ३.८८ अंकले घटेर ४३७.३१ अंकमा झरेको छ । यस दिन दुई सय १९ कम्पनीका एक अर्ब ३० करोड रुपैयाँ बराबरका ३७ लाख ९८ हजार दुई सय ६३ कित्ता सेयर खरिदबिक्री भएका छन् । फाइनान्स सूचक सर्वाधिक २.४५ प्रतिशत, विकास बैंक २.०९ प्रतिशत र अन्य सातवटा सूचक एक प्रतिशतभन्दा बढीले घटेको नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले जनाएको छ ।

प्रभु बैंकको संस्थापक सेयर १२.८२ करोडको कारोबार भएको छ भने एनआइसी एसिया लघुवित्तको संस्थापक ५.०७ करोड, अरुण भ्याली हाइड्रोपावर ३.९०, अरुण काबेली पावर ३.१२ करोडको कारोबार भएको छ । हिमालयन डिस्टिलरी, सूर्या लाइफ, शिवम् सिमेन्टस, नबिल बैंक, सेञ्चुरी कमर्सियल बैंक र एनआइसी एसिया बैंक शीर्ष कारोबार हुने १० कम्पनीमा समेटिएका छन् ।

जनरल इन्स्योरेन्सको सेयरमूल्य सबैभन्दा धेरै ७.४५ प्रतिशतले बढेको छ भने प्रभु बैंक संस्थापक ४.३२ प्रतिशत र मैलुङ खोला जलविद्युत् कम्पनीको २.९४ प्रतिशतले बढेको छ । लुम्बिनी जनरल इन्स्योरेन्सको ७.०८ प्रतिशतले घटेर प्रतिकित्ता ५२५ रुपैयाँमा झरेको छ भने युनियन हाइड्रोपावर ५.३०, सूर्योदय वोमी लघुवित्त ५.१२ प्रतिशतले घटेको छ ।

इन्भेस्टमेन्ट एन्ड फाइनान्स कम्पनी, हिमालयन ऊर्जा विकास कम्पनी, नेपाल इन्स्योरेन्स, बुद्धभूमि हाइड्रोपावर, सिंगटी हाइड्रोपावर, सूर्या लाइफ र प्रभु लाइफ इन्स्योरेन्सको चार प्रतिशतले सेयरमूल्य घटेको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?