नाटक ‘ऐया माया’ असार ७ देखि मञ्चन हुने

Read Time = 1 min

काठमाडौं । नाटक ‘ऐया माया’ असार ७ गतेदेखि काठमाडौंको टेकूस्थित कौसी थिएटरमा मञ्चन हुनेभएको छ । यो नाटक सुदाम सिकेको निर्देशनमा मञ्चन हुनेछ । निर्देशक सुदामले यसअघि च्यातिएको पर्दा, आन्दोलन र पाँच नाटक निर्देशन गरिसक्नुभएको छ ।

‘ऐय माया’मा अभिव्यक्तिका मुख्य माध्यम शरीर, शब्द र संगीतको राम्रो संयोजन गर्ने प्रयास गरेको निर्देशक सीकेले बताउनु भएको छ । नाटकले मानिसले बिर्सिरहेका कुराहरूलाई सम्झाउने प्रयत्न गर्ने उहाको भनाइ छ ।

कथा घेराको प्रस्तुति रहेको नाटक ऐयामा अकाश नेपाली, आयान खड्का, पवित्र राई, सरिता कठायत, शिशिर सिवाकोटी र मुक्तिको अभिनय छ । शिवराज जोशी र शर्मिला गुरुङले संगीत दिनुभएको छ । असार ७ देखि मञ्चन सुरु हुने नाटक असार ३२ गतेसम्म सोमबार र मंगलबार बाहेक हरेक दिन साँझ साढे ५ बजे मञ्चन हुनेछ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?