काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघले अघि सारेको ५० बिजनेस/५० लगानीकर्ता कार्यक्रमअन्तर्गत सम्भावित लगानीकर्तासमक्ष २० युवा उद्यमीले आफ्नो नवीनतम् उद्यमबारेमा प्रस्तुति गरेका छन् । कार्यक्रमअन्तर्गत मुरारका समूहले रासन टेकमा लगानी गर्ने घोषणासमेत गरेको छ । मुलुकभित्र नवीनतम् सोच भएका नवप्रवर्तक स्टार्टअपलाई सम्भावित लगानीकर्ता जुटाइदिने उद्देश्यअनुरूप महासंघले कार्यक्रम सुरु गरेको हो । कार्यक्रममा महासंघका करिब २५ जना सम्भावित लगानीकर्ताको उत्साहपूर्वक सहभागिता थियो ।
प्रस्तुुत योजनामा लगानीकर्ताले रूचि देखाएमा महासंघको स्टार्टअप एन्ड इनोभेसन समितिले दुवै पक्षबीच सहजीकरण गर्ने जनाएको छ ।
महासंघ आफैँले आवेदनमार्फत् छनोट गरेका र महासंघको सहकार्यमा व्यावसायिक संघ/संस्थाले विभिन्न समयमा गरेका स्टार्टअपसँग सम्बन्धित कार्यक्रममा उत्कृष्ट ठहरिएका स्टार्टअपले पिचिङ सेसनमा भाग लिएका थिए । महासंघले सहभागिताका लागि विभिन्न समयमा स्टार्टअप व्यवसायीसँग आवेदनसमेत माग गरेको थियो ।
पिचिङ सेसनमा कृषि, उत्पादनमूलक, खानपिन, सूचना प्रविधि, सेवासँग सम्बन्धित बिजनेस योजना प्रस्तुुत भएका थिए । महासंघको स्टार्टअप एन्ड इनोभेसन समितिले गत वर्ष चैत ९ गते उक्त कार्यक्रम घोषणा गरेको थियो । पिचिङ सेसनमा आमा एग्रो प्रालि, रासन टेक प्रालि, नेपाल एग्रो इन्पुट्स मार्केटिङ एन्ड इन्टरप्रेनुअरसिप सर्भिस (नेम्स), अन्सु टेक्नोलोजी प्रालि, लुक्ला आउटडोर, पिक एन्ड ड्रप, एक कल होम सोलुसन्स, वेदा, अर्वान्स नेपाल, खानपिन, स्विट फिक्स, बिहे नेपाल, सारङ, कारखाना, ग्लोकल एकेडेमी अफ स्किल, हृयापी माइन्ड्स, टेका, बो आफ्रेस, ज्वाला कृषि तथा पशुपालन उद्योग, निन्जा इन्फोसिस रहेको महासंघले जनाएको छ ।
महासंघले अघि सारेको भिजन पेपरले पनि स्पार्टअप व्यवसायलाई मुख्य प्राथमिकतामा राखेको छ । कार्यक्रममा एक वर्षभन्दा बढी समयअघिदेखि सञ्चालनमा आएका र कम्तीमा पनि एक वर्षको लेखापरीक्षण प्रतिवेदन भएका, कानुनीरूपमा दर्ता भएका स्टार्टअप व्यवसाय लागि योग्य मानिनेछन् ।
महासंघ अध्यक्ष शेखर गोल्छाले पिचिङ सेसनको शुभारम्भ गर्दै कार्यक्रमले नवीनतम् सोच भएका र लगानीको अभावमा आफूलाई विस्तार गर्न नसकेका स्टार्टअपलाई लगानी जुटाउन सहयोग पुुु¥याउने विश्वास व्यक्त गर्नुभयो ।
स्टार्टअप एन्ड इनोभेसन समितिका सभापति रञ्जितराज आचार्यले महासंघको प्रयासले मुलुकभित्र स्टार्टअप व्यवसायमा नयाँ आयाम थप्ने विश्वास व्यक्त गर्दै समितिले स्टार्टअप व्यवसायका क्षेत्रमा नीति निर्माणमा समेत गृहकार्य गरी सरकारलाई पेश गरेको जानकारी गराउनुभयो ।
परिसंघले स्टार्टअफ फेस्ट आयोजना गर्ने
नेपाल उद्योग परिसंघ युवा उद्यमी मञ्च (सिएनआइवाइइएफ) ले आगामी शनिबार सिएनआइवाइइएफ नेपाल स्टार्टअप फेस्ट आयोजना गर्ने भएको छ । राष्ट्रिय योजना आयोग, युवा तथा साना व्यवसाय स्वरोजगार कोष, नेपालस्थित भारतीय राजदूतावासको समेत सहयोगमा स्टार्टअप फेस्ट आयोजना गर्ने भएको हो । नेपालमा स्टार्टअपलाई अभियानका रूपमा अघि बढाउने र नवप्रवर्तनकारी व्यवसायलाई अर्थतन्त्रको महत्वपूर्ण अंगका रूपमा स्थापित गराउन नवप्रवर्तनकारीलाई प्रोत्साहित गर्ने उद्देश्यले कार्यक्रम गर्न लागिएको परिसंघले जनाएको छ । स्टार्टअपलाई अघि बढाउन सरकारले विभिन्न नीतिगत व्यवस्था गर्दै आएको र त्यसको सफल कार्यान्वयनका लागि सिएनआईले पहल गर्दै आएको छ । नेपाल स्टार्टअप फेस्टमा स्टार्टअपले लगानीका लागि परियोजनासहित प्रस्ताव पेश गरेका छन् ।
स्टार्टअपलाई लगानीका लागि आवेदन पेश गर्न २७ जेठ सम्मको समय तोकिएकोमा देशभरबाट तीन सयभन्दा बढी परियोजना प्रस्ताव आएकोमा नेपाल उद्योग परिसंघ, युवा उद्यमी मञ्च, लगानीकर्ताको टिमबाट छानिएका १० प्रस्ताव प्रस्तुतिको अवसरका साथै पुँजी लगानीको अवसर पनि प्रदान गरिने बिहीबार आयोजित पत्रकार सम्मेलनमा नेपाल उद्योग परिसंघ स्टार्टअप अभियान समितिकी आयुषी केसीले जानकारी दिनुभयो । कार्यक्रमबाट स्टार्टअपलाई पुँजी तथा प्राविधिक सहयोग प्रदान गरिने र लगानीकर्तालाई उत्कृष्ट परियोजनामा लगानी गर्ने अवसर दिइने उहाँले बताउनुभयो ।
युवा उद्यमीलाई प्रोत्साहित गर्न परिसंघले युवा उद्यमी मञ्चमार्फत् स्टार्टअप फेस्ट आयोजना गर्न लागेको परिसंघका उपाध्यक्ष रोहित गुप्ताले बताउनुभयो । स्टार्टअप फेस्टमार्फत् करिब ५० करोडको लगानी प्रतिबद्धता हुने आयोजकले जनाएको छ । सो अवसरमा ४० बढी स्टार्टअपले आफ्नो वस्तु तथा सेवाको प्रदर्शनी गर्ने मञ्चका मनिष श्रेष्ठले बताउनुभयो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच