बिओकेको घरदैलो बैंकिङ

Read Time = 1 min

पोखरा । बैंक अफ काठमाण्डू (बिओके) ले सबैलाई सहज बैंकिङ सेवा प्रदान गर्ने उद्देश्यले गण्डकी प्रदेशअन्तर्गतका विभिन्न शाखा कार्यालयले घरदैलो कार्यक्रम आयोजना गरेका छन् । बैंकले हालै सार्वजनिक गरेको दुई निक्षेप योजनाको जानकारीमूलक तथा विभिन्न बैंकिङ सेवाको जानकारी प्रदान गर्ने उद्देश्यले सञ्चालित घरदैलो कार्यक्रममा बैंकका विभिन्न शाखा कार्यालयका कर्मचारीको सहभागिता रहेको थियो ।

बैंकले पछिल्लोपटक आकर्षक विशेषतासहित चार गुणासम्मको प्रतिफल भएको बिओके सुपर मुद्दती खाता सार्वजनिक गरेको थियो । उक्त खातामा मौज्दात रकमको ९० प्रतिशतसम्म ऋणको सुविधासहित दुई लाखसम्मको क्रेडिट कार्ड सुविधा रहेको छ । त्यसैगरी बिओके प्रिमियम प्लस बचत खातामा उच्चतम ८.०३ प्रतिशतको वार्षिक व्याजदरसहित थुप्रै निःशुल्क सेवा रहेका छन् ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?