प्रदीप र रेणुको प्रेममा वर्गीय विभेद तगारो

Read Time = 3 mins

काठमाडौं । प्रर्दशनका लागि तयारी अवस्थामा रहेको नेपाली चलचित्र चलचित्र ‘प्रकाश’को दोस्रो गीत सार्वजनिक गरिएको छ । बिहीबार सार्वजनिक गरिएको ‘जोर मैना’ बोलको गीतमा दीपक शर्माको शब्द संगीत र ध्रुव बिस्कोको स्वर छ ।

जुम्लाको परिवेशमा छायांकन भएको चलचित्रको गीतले मुख्य दुई पात्रबीचको प्रेम र प्रेममा आएको अड्चनलाई प्रस्तुत गरेको छ । प्रदीप खड्का र रेणु योगी जुम्लेली पात्रमा फिट देखिनुभएको छ ।

चलचित्रले वर्गीय विभेदको विषय प्रस्तुत गरेको छ । झट्ट सुन्दा प्रेम भावको सुनिए पनि यो गीतले वर्गीय विभेदकै विषय उठान गरेको बुझ्न सकिन्छ । चलचित्रका दुई मुख्य पात्र प्रकाश रोकाया (प्रदीप खड्का) र राधा विश्वकर्मा (रेणु योगी)का माध्यमबाट गीतले वर्गीय असमानताका कारण प्रेममा आएको असहज परिस्थिति चित्रण गरेको छ ।

गीतको बीचमा सम्वादमार्फत वर्गीय विभेदका कारण युवतीको परिवारसमेत उनीहरूको प्रेमको खिलाप रहेको बुझाउन खोजिएको छ । युवतीको बुबाले बोलेको, ‘सपना देख्न सजिलो छ । तिनका हातमा न कुनै सीप छ, न जागिर, त्यो सँग बिहे गरिस् भने त्यही समाजले तलाई भोलि हेला गर्नेछ ।’ सम्वादले पनि समाजका विभिन्न तहमा जस्तै प्रेममा पनि वर्गीय असमानताको असर देखाएको छ ।

दिनेश राउतको निर्देशन रहेको चलचित्रमा प्रदीप खड्का, दिया मास्के, रेणु योगी, प्रकाश घिमिरे, निरज पन्थी, गोविन्द सुनुवार, रामबाबु रेग्मी, लोकेन्द्र लेखक, दिपेन्द्र शाहीलगायत कलाकारको अभिनय रहेको छ ।

बिनिस इन्टरटेनमेण्टको व्यानरमा निर्माण भएको चलचित्रमा विकास सुवेदीको लेखन, राजेश श्रेष्ठको छायांकन, जीवन थापाको सम्पादन, सुवास भुसाल, दीपक शर्मा, तारा प्रकाश लिम्बू र एलिस कार्कीको संगीत, उत्तम न्यौपानेको साउण्ड डिजाइन र शैलेश श्रेष्ठको पाश्र्व संगीत छ । महेन्द्र अधिकारी निर्माता रहेको चलचित्रलाई आरआर फिल्मस्का रोहित कट्टेल र रत्न श्रेष्ठले वितरण गर्दैछन् ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?