भक्तपुरका एक सय ५८ स्काउटले पाए कोभिड-१९ सेवा पदक

हिमालय टाइम्स
Read Time = 1 min

भक्तपुर । भक्तपुरका एक सय ५८ स्काउटले कोभिड-१९ सेवा पदक पाएका छन् । नेपाल स्काउट बागमती प्रदेश स्काउटअन्तर्गत भक्तपुरका चार वटै स्थानीय स्काउट कार्यालयको आयोजनामा कोभिड-१९ नियन्त्रणमा स्वयंसेवी रुपमा सहभागी भएका भक्तपुरका स्काउट, स्काउटर एवं रोभर रेञ्जरहरूलाई कोभिड-१९ सेवा पदक प्रदान गरिएको हो ।

नेपाल स्काउट राष्ट्रिय प्रधान कार्यालयबाट कोभिड-१९ सेवा पदक घोषणा गरी कोभिड-१९ सेवा पदक वितरण गरिएको हो ।

नेपाल स्काउट बागमती प्रदेश तदर्थ समितिका संयोजक शिवराम अर्यालले सेवा पदक वितरण गर्नुभएको हो । कार्यक्रममा भक्तपुर जिल्लाभरिका स्काउट, स्काउटर र रोभर रेञ्जर स्काउटहरूसहित एक सय ५८ जना पदकबाट विभूषित भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?