पौडी खेल्ने क्रममा हराएका व्यक्तिको शव फेला

हिमालय टाइम्स
Read Time = 1 min

झापा । झापा जिल्लाको गौरदह नगरपालिका-९ स्थित कमल खोलामा साउन १७ गते पौडी खेल्ने क्रममा वेपत्ता भएका १८ बर्षिय उज्वल खरेलको शव सशस्त्र प्रहरीले फेला पारी खोलाबाट बाहिर निकालेको छ ।

सोही जिल्लाको कमल गाँउपालिका-१ बस्ने खरेल सो खोलामा पौडी खेल्दाखेल्दै एक्कासी वेपत्ता भएका थिए ।

खरेल वेपत्ता भएको खबर प्राप्त भएपछि सशस्त्र प्रहरी बल नेपाल नम्बर १ बराह बाहिनी मुख्यालय सुनसरीबाट गोताखोरसहितको सशस्त्र प्रहरी र सशस्त्र प्रहरी बल नेपाल सुरक्षा बेस बैगुनधुराबाट खटिएको टोली उनको खोजी कार्यमा जुटेको थियो ।

सशस्त्र प्रहरीले साउन १८ गते विहान सोही ठाउँमा करीब २० फिट गहिरो पानी मुनि उनको शव फेला पारेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?