बलिउड अभिनेता मिथिलेश चतुर्वेदीको निधन

Read Time = 1 min

मुम्बई । बलिउड अभिनेता मिथिलेश चतुर्वेदीको निधन भएको छ । ‘कोई मिल गया’, ‘सत्ता’ जस्ता थुप्रै हिट चलचित्रमा अभिनय गर्नुभएका बलिउड अभिनेता मिथिलेश चतुर्वेदीको निधन भएको हो । मुम्बईस्थित कोकिलाबेन अस्पतालमा अभिनेता मिथिलेश निधन भएको हो ।
उहाँ मुटुसम्बन्धी समस्याबाट पीडित हुनुहुन्थ्यो । चतुर्वेदीलाई केही दिनअघि हृदयघात भएको थियो, त्यसपछि उहाँ आफ्नो गृहनगर लखनउ सर्नुभएको थियो ।

चतुर्वेदीले सन् १९९७ मा चलचित्र ‘भाइ भाइ’बाट बलिउडमा डेब्यु गर्नुभएको थियो । त्यसपछि उहाँले ‘सत्ता’, ‘ताल’, ‘फिजा’, ‘रोड’, ‘कोई मिल गया’, ‘गान्धी माई फादर’, ‘बंटी बबली’लगायत चलचित्रमा काम गर्नुभएको थियो । उहाँ रंगमञ्चमा पनि निकै सक्रिय हुनुहुन्थ्यो । उहाँले प्रेम तिवारी, बन्सी कौल, दीना नाथ, उर्मिल थपलियाल र अनुपम खेरले निर्देशन गर्नुभएका नाटकमा अभिनय गर्नुभएको छ । एजेन्सी ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?