सेयरमा उच्च गिरावट

Read Time = 2 mins

काठमाडौं । अघिल्लो आइतबार १०.२७ अंकले बढे पनि त्यसपछिका दिन निरन्तररूपमा घटेको सेयर बजार यस साताको आइतबार थप २७.९२ अंकले घटेको हो । नेप्से २७.९२ अंकले घटेसँगै सूचक २०१०.०१ अंकमा बन्द भएको छ भने ठूला कम्पनीको सूचक मापक सेन्सेटिभ इन्डेक्स ४.७६ अंकले घटेर ३८६.९० अंकमा झरेको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा यस दिन दुई सय २७ कम्पनीका ४५ लाख ५९ हजार २२ कित्ता सेयर एक अर्ब ८७ करोड ३२ लाख ८१ हजार आठ सय ९७ रुपैयाँमा कारोबार भएको छ ।

हिमालयन डिस्टिलरीको सेयरमूल्य घटेर सर्वाधिक १६ करोड ५३ लाख ९६ हजार रुपैयाँको कारोबार भएको छ । कम्पनीको सेयरमूल्य ६.१० प्रतिशतले घटेको छ । त्यसैगरी नेपाल लाइफको पनि ४१ रुपैयाँ घटेर ११ करोड २९ लाखको सेयर कारोबार भएको छ भने शिवम् सिमेन्ट्सको आठ करोड २० लाख, स्वावलम्बन लघुवित्तको छ करोड ६१ लाख, नबिल बैंकको चार करोड ४४ लाख, एनआइसी एसिया लघुवित्तको संस्थापक चार करोड ४३ लाख, नेस्डो समृद्ध माइक्रोफाइनान्सको तीन करोड ३७ लाख, एनआइसी एसिया बैंकको तीन करोड २९ लाख, एचआइडिसिएलको तीन करोड २५ लाख र नागरिक लगानी कोषको तीन करोड १५ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।

अपर हेवाखोला कम्पनीको सेयरमूल्य ८.१० प्रतिशत बढेर १५४.८० रुपैयाँ पुगेको छ भने कालिका पावर, सामलिङ पावर, सिटिजन्स म्युचुअल फन्ड १, राष्ट्रिय बिमा कम्पनीको संस्थापक र जाल्पा लघुवित्तको सेयरमूल्य पनि दुई प्रतिशतभन्दा बढीले बढेको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?