चलचित्र ‘महापुरुष’को बुबाहरूप्रति समर्पित गीत ‘बा’ सार्वजनिक

Read Time = 3 mins

काठमाडौं । चलचित्र ‘महापुरुष’को पहिलो गीत सार्वजनिक गरिएको छ । सार्वजनिक लिरिकल गीत शनिबार सार्वजनिक गरिएको हो । ‘बा’ बोलको लिरिकल गीत बाबुको मुख हेर्ने दिनको अवसरमा सार्वजनिक गरिएको हो । गीत सम्पूर्ण बुबाहरूप्रति समर्पित देखिन्छ ।

मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यको मुख्य भूमिका रहेको यो चलचित्रको उक्त सार्वजनिक गीतमा नवराज पराजुलीका शब्द छ । गीतमा बाबु र छोरालाई भावनात्मक रूपमा जोड्न खोजिएको छ । गीतमा रिदम कँडेलको संगीत र स्वर छ ।
गीतको भिडियोमा हरिवंशका साथै रविन्द्र सिंह बानियाँ र डेब्यु अभिनेता अरुण क्षेत्री फिचर्ड हुनुहुन्छ । चलचित्रमा हरिवंश र अरुण बाबु-छोराको भूमिकामा हुनुहुन्छ । दुईको केमेस्ट्रीले दर्शकसंग अन्तक्र्रिया गर्न सक्छ । सामाजिक विषयवस्तुमा आधारित ‘महापुरुष’लाई प्रदीप भट्टराईले निर्देशन गर्नुभएको हो भने लेखन पनि प्रदीपकै रहेको छ ।

कात्तिक ११ देखि सार्वजनिक प्रदर्शनमा आउने चलचित्रमा मदनकृष्ण, हरिवंश, रविन्द्र र अरुणसँगै गौरी मल्ल, अञ्जना बराइली, राजाराम पौडेल, शिखा तामाङ, कोपिला थापा, शिरु विष्ट, कविता श्रेष्ठ, नरेन्द्र कंसाकार, सविन बास्तोला, नरेश पौड्याल, प्रेम पाण्डे, सुमन रिमाल, माधव अधिकारी, प्रकाश भट्टराई, घनश्याम जोशी, अर्जुन आचार्य, प्रज्वल पराजुली लगायतको अभिनय छ ।

दीपक बज्रचार्यले खिचेको चलचित्रमा कालीप्रसाद बाँस्कोटा/रिदम कँडेलको संगीत, शंकर महर्जनको एक्सन, वाइल्ड रिपर्जको कोरियोग्राफी र मित्र डी.गुरुङको सम्पादन छ । षट्कोण आर्ट्सको व्यानरमा निर्मित चलचित्रमा रविन्द्र सिंह बानियाँको कार्यकारी निर्माण छ । म्याक्स दिपेश खत्री सिनेमाका निर्माता हुनुहुन्छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?