दाङमा १७ वर्षीया किशोरी बलात्कृत

हिमालय टाइम्स
Read Time = 1 min
A A- A+

दाङ । दाङमा एक जना १७ वर्षीया किशोरी बलात्कृत भएकी छन् ।

ती किशोरीलाई बलात्कार गरेको अभियोगमा बबई गाउँपालिका-५ हुरुम बस्ने २१ वर्षीय एक्क बहादुर अधिकारीलाई शनिबार प्रहरीले पक्राउ गरेको छ ।

अधिकारीले ती किशोरीलाई ललाई फकाई बलात्कार गरेको भन्ने खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय खिलतपुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?