चट्याङ लागेर दाङमा दुई जनाको मृत्यु

हिमालय टाइम्स
Read Time = 1 min

दाङ । चट्याङ लागेर दाङमा दुई जनाको मृत्यु भएको छ । अन्य १२ जना घाइते छन् ।

घोराही उपमहानगरपालिका-१२ गुर गाउँमा मंगलबार बेलुकी चट्याङ लागेर दुई जनाको मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालयका प्रमुख एसपी वीरबहादुर वलीका अनुसार चट्याङ लागेर दुई जनाको मृत्यु र १२ जना घाइते भन्ने सूचना आए पनि मृतक र घाइतेको नाम खुल्न बाँकी रहेको बताउनुभयो ।

घटनाबारे आज बिहान मात्रै प्रहरीले जानकारी पाएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?