संघीय संसद र प्रदेशसभा निर्वाचनको मिति तय हुनासाथ राजनीतिक दलहरू निकै सक्रिय हुनलागेका छन् । चुनावका लागि निर्धारित तिथि आउन धेरै दिन बाँकी छैन । दलको नेतृत्व र सदस्यहरू जस्तै अनेक स्वतन्त्र उम्मेदवारी दिन चाहनेहरूको क्रियाशीलता पनि हृवात्तै बढेको छ । साना दलहरू आक्रामक हुँदै पुराना नेता र दलहरूलाई विस्थापित गर्ने आग्रह गरिरहेका छन् । बालेन र हर्कको उदाहरण दिँदै स्वतन्त्र उम्मेदवारीको सपनामा रम्नेहरूको कमी छैन । यतिखेर गठबन्धन र उम्मेदवारी दुई शब्दको चर्चा र चासो ज्यादा छ । यो लेख सैद्धान्तिक, वैचारिक र व्यावहारिक पक्षमा केन्द्रित भएको हुनाले पाठकहरूले त्यही रूपमा बुझ्नु हुने छ भन्ने मेरो विश्वास छ ।
मिलीजुली गर बाँडीचुँडी खाऊ :
नेपालको संविधान २०७२ ले नै मिलीजुली गर बाँडीचुँडी खाऊको सिद्धान्त स्थापित गरेको छ । यद्यपि यो सिद्धान्तको प्रयोग २०४७ को संविधानमा समेत २०५१ को मध्यावधि निर्वाचनसँगै मौलाएको थियो । २०६३ पछि त गठबन्धन संस्कृतिका रूपमा विकास भएको छ । बहुलवादमा आधारित बहुदलीय लोकतान्त्रिक प्रणालीमा गठबन्धन हुनु अनौठो मानिँदैन । सरकार सञ्चालनका लागि, तत्काल कुनै निकास दिनु अनिवार्य भएको अवस्थामा गठबन्धन आवश्यक हुन्छ । यस्तो गठबन्धन सरकारको अवधारणा जर्मनी, बेलायत, इजरायल, स्वेडेन, नर्वे, छिमेकमा भारत, श्रीलंका, पाकिस्तान, बंगलादेश सबैतिर भइरहेको छ ।
सिद्धान्त नै पृथक भएका दलहरूका बीचमा चुनावी गठबन्धन सत्तास्वार्थबाहेक केही पनि मानिँदैन । गठबन्धनको शृंखला नेपाली कांग्रेस र माओवादीको सत्ताकेन्द्रित रणनीतिसँग मात्रै जोड्नु उचित हुँदैन । यसमा प्रमुख प्रतिपक्ष एमालेसमेत गठबन्धनका सूत्रहरू खोजिरहेको छ ।
राजनीतिक निकासका लागि गठबन्धन स्वाभाविक समाधान पनि हो तर चुनावी गठबन्धन हुनका लागि (१) विद्यमान लोकतान्त्रिक प्रणालीलाई नै अन्तिम राजनीतिक विकल्प स्वीकार गर्ने (२) लोकतन्त्रको विकल्प लोकतन्त्र मात्रै हो भन्ने सर्वस्वीकार्य मान्यतालाई पूर्णतः अनुमोदन गर्ने (३) लोकतन्त्रले प्रदान गरेका अधिकार र सुविधाहरूको उपयोग गर्दै यस पद्धतिलाई भर्याङ नबनाउने प्रतिबद्धताका साथ समान विचार र सिद्धान्तप्रति दृढ निष्ठा हुनुपर्दछ । समान सिद्धान्त र विचारको चुनावी सहयात्रा हो गठबन्धन तर नेपालको वर्तमान सन्दर्भमा सत्ता र शक्तिका लागि निर्वाचनमुखी गठबन्धन भएकाले मिलीजुली गर बाँडीचुँडी खाऊ जस्तो छ ।
सिद्धान्त र विचार परित्याग :
नेपाली कांग्रेसको स्पष्ट आदर्श छ राष्ट्रियता, सिद्धान्त हो लोकतन्त्र, कार्यक्रम हो समाजवाद । सबै कम्युनिष्ट पार्टीका सबै घटकहरूको स्पष्ट आदर्श राज्यविहीन र वर्गविहीन समाजको स्थापना, सिद्धान्त र लक्ष्य सर्वहारावर्गको अधिनायकवादी सत्ता त्यसैमार्फत वर्गदुश्मनको भौतिक उन्मूलन । जसका लागि शोषण, उत्पीडन, भेदभाव, विपन्नता जस्ता समाजमा विद्यमान रोगहरूको सहारा अनिवार्य छ । हुनेलाई नहुने नबनाई साम्यवादी सत्ताको स्थापना हुनसक्दैन । समाजवादको परिभाषा र व्यख्या प्रत्येक कम्युनिष्ट पार्टीका सदस्यहरूका लागि एउटै छ ।
अर्थात् वर्तमान लोकतान्त्रिक राज्यप्रणाली कम्युनिष्टहरूको साम्यवादी लक्ष्यको भारी केही समय बिसाउने चौतारोमात्रै हो । नेपाल कम्युनिष्ट पार्टीका संस्थापक पुष्पलालको साम्यवादमा राष्ट्रिय लोकतान्त्रिक चिन्तनको धार र वर्तमानको नेपाल कम्युनिष्ट पार्टी एमालेमा भने अलि बढी नै लोकतन्त्रका प्रतिको आस्था विद्यमान छ । २०४७ पछि केही दोषहरूलाई छाडेर नेकपा एमालेले बहुदलीय पद्धति र बहुलवादलाई पूर्णतः स्वीकार गरेको हुनाले उसको लक्ष्य अतिरिक्त मानिँदैन । तर, माओवादी र माधवकुमार नेतृत्वको समाजवादीले अहिले पनि समाजवाद अर्थात् साम्यवादी चरित्रको राजनीतिक सत्ताको लक्ष्य प्रतिपादन गरिरहेको सुनिन्छ ।
सिद्धान्त नै पृथक भएका दलहरूका बीचमा चुनावी गठबन्धन सत्तास्वार्थबाहेक केही पनि मानिँदैन । गठबन्धनको शृंखला नेपाली कांग्रेस र माओवादीको सत्ताकेन्द्रित रणनीतिसँग मात्रै जोड्नु उचित हुँदैन । यसमा प्रमुख प्रतिपक्ष एमालेसमेत गठबन्धनका सूत्रहरू खोजिरहेको छ । स्थानीय निर्वाचनमा नेपाली कांग्रेस (बीपी), राष्ट्रिय प्रजातन्त्र पार्टी लिड्देन र कमल थापा पक्ष, विप्लव समूह तथा महन्त ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी र सिके राउतको जनमत पार्टीसँग फरक तहमा गठबन्धन गरेको स्पष्ट छ ।
प्रदेश र संघीय निर्वाचनमा समेत यी दलहरूका उम्मेदवारलाई सूर्य चिहृनमा उम्मेदवारी दिने अथवा गठबन्धनको साझेदार बनाउने रणनीति एमालेको देखिएको छ । राजसंस्था पुनस्र्थापन गर्ने, हिन्दूराष्ट्र कायम गर्ने र संघीयता खारेज गर्ने मुद्दामा हिँडेका दलसँग एमालेको गठबन्धन स्वाभाविक नभएर सत्तास्वार्थ नै हो । यसरी अहिलेको चुनाव लोकतान्त्रिक प्रणालीको संबद्र्धन, लोकतान्त्रिक मूल्यको विकास, देश र जनताको समृद्धिका लागि नभएर नेतृत्वमा रहेका वा पुग्ने केही महत्वाकांक्षी नेताहरूका निम्ति अर्को पाँच वर्षसम्म विपन्न जनता र देशमाथि रजाइँ गर्ने चालमात्रै भन्न सकिन्छ ।
अवसरवादको उत्कर्ष विद्रोहको आधार :
चुनावमा सिद्धान्तहीन गठबन्धन होइन भने त्यसको उचित कारणहरू राजनीतिक दलहरूबाट आउनु प¥यो । जनतालाई पार्टी र नेतृत्वले आफ्ना पुर्खाको जग्गाजमिन वा धनसम्पत्ति चिरा पारेर अंशबण्डा गरे जस्तो गर्न मिल्छ कि मिल्दैन ? माओवादीलाई अमूक क्षेत्रका मतदाता, कांग्रेसलाई अमूक क्षेत्रका मतदाता, एमालेलाई अमूक क्षेत्रका मतदाता वा अरू दलहरूलाई अमूकअमूक क्षेत्रका मतदाता हुने वा पाउने भनेर अंशबण्डा गर्नु लोकतान्त्रिक मर्यादाअनुकुल हुन्छ ? कुनै दल वा नेताका निजी सम्पत्ति हुन् मतदाता ? जनतालाई यसरी अंशबण्डा गर्नेहरूले भोलिका दिनमा देशलाई नै अंशबण्डा गर्न लागे भने के होला ? हिजो सत्ता र शासनको अंशबण्डा, आज जनता अंशबण्डा हुनलागेपछि आफ्ना स्वार्थहरू मिलाउन भोलि देश नै अंशबण्डामा पर्दैन भन्ने हुनसक्छ र ?
सत्तास्वार्थका कारण अवसरको उपयोग गर्ने सिद्धान्तहीन चरित्र नेतृत्वमा बस्नेहरूबाट प्रकट हुन्छ भने अरू सदस्यहरू वा कार्यकर्ताहरूले ती नेताको स्वार्थ र अवसरका लागि उनीहरूको निर्णय मान्नै पर्ने हुन्छ कि हुँदैन ? प्रत्येक दलसम्बद्ध सदस्य वा कार्यकर्ताहरू जो अवसरबाट वञ्चित छन् उनीहरूले नेतृत्वको यस्तो आदेशको अवज्ञा गरे भने के हुन्छ ?
नेपाली कांग्रेसको मात्रै कुरा गर्ने हो भने त्यस्ता थुप्रै त्यागीहरू छन् जो बीपी कोइरालासँग झोला बोकेर सँगै हिँडे, जो गणेशमान सिंह वा कृष्णप्रसाद, गिरिजाप्रसादसँग झोला बोकेर हिँडे, जो महेन्द्रनारायण निधि वा शेख इदृश, बलबहादुर राई, भीमबहादुर तामाङहरूसँग, मंगलादेवी, शैलजा वा नोनासँग झोला बोकेर हिँडे, जेलनेल भोगे, यातना भोगे, श्रीसम्पत्ति गुमाए वा कमाउन सकेनन्, २०४६ सालपछिको परिवर्तनले पनि उनीहरूलाई सम्बोधन गरेन । अब हिजो जो निरन्तर लोकतान्त्रिक व्यक्ति र शक्तिविरुद्ध आक्रामक थिए, सत्ता जता हिँड्यो त्यतै पछि लाग्थे तिनीहरूदेखि इतिहासमा कुनै योगदान नभए पनि प्रचारका भरमा कुनै कालो गुफाबाट फुत्त निस्किएका दाह्रीजुँगासमेत नपलाएकाहरूको झोलाको भारी ती इतिहाससँग जोडिएकाहरूले किन बोक्ने ?
विसं २०४७ यता करिब बत्तीस वर्ष निरन्तर सत्तामा बस्ने, एकपटक वा दुई पटक होइन पटकपटक पदासीन र सुविधा पाएकाहरूकै लागि ती इतिहास निर्माणक्रमका सहयोगीले किन मरिमेट्नुपर्ने ? स्वयं घोषित रूपमा आफूलाई मालिक वा भगवान् मानेर अरूलाई कामदार वा कमाराको श्रेणीमा व्यवहार गर्ने ती नवनायकहरूको झोला किन बोक्ने पुराना मानिसहरूले ?
यो प्रश्न सिंगो कम्युनिष्ट पार्टी भएको भए सायद त्यहाँ पनि उठ्ने थियो होला तर यो प्रश्न सशस्त्र हिंसाको डढेलो लगाएर शासनमा पुगेको नेपाल कम्युनिष्ट पार्टी माओवादीभित्र भने गम्भीर हुनुपर्ने हो । दश वर्षको हिंसामा ज्यान दिनेहरू, उनीहरूका परिवार वा बेपत्ता परिवारभन्दा पनि ठालू नेताहरूका परिवार र तिनका निकटस्थले नै विगत पन्ध्र वर्षयता सत्ताका सुविधा प्राप्त गरेका छन् । अरू कति खाडीमा पसिना चुहाउँदैछन्, कति खेतबारीमा पसेका छन् त कति जीवन धान्ने समस्याको मारमा छन् । के नेतृत्वका हली गोठालो मात्रै हुन् त ती कार्यकर्ताहरू ?
चुनावी गठबन्धन निषिद्ध योगदान :
चुनावी तालमेल र गठबन्धनका कारण भविष्यको नेतृत्व लिन सक्ने, स्थापित बुद्धिजीवीहरू, निरन्तर काम गरेका र अवसरबाट वञ्चित अनेक योग्य प्रतिभाहरू निषिद्ध हुने भएका छन् । अब केही वर्षसम्म उनीहरूको कुनै सकारात्मक योगदान हुने छैन र गर्ने ठाउँ रहँदैन । कुनै पनि पार्टीले आफ्नो योग्य व्यक्तित्वलाई हटाएर अयोग्य अर्को पार्टीको कुनै चाकरीदारका पक्षमा मतमाग्नुपर्ने हुन्छ । त्यस क्षेत्रको योग्य मानिसले मूलधारमा रहेर योगदान गर्न पाउँदैन । अवसरबाट तिनीहरू हिजो जसरी वञ्चित थिए आज र भोलि पनि वञ्चित नै रहने भए । स्थानीय निर्वाचनका समयमा समेत यो अवस्था देखिएको छ ।
चुनावी गठबन्धन भएको स्थानमा पुगेर नेपाली कांग्रेसका सभापतिले रूखमा मत हाल्न पाउनुपर्छ भनी माग गर्ने पार्टीका पुराना अनगिन्ती सदस्यहरूलाई रूखमा मत हाल्न खोजे कारबाहीमा पर्ने धम्की दिनुभयो । त्यसविरुद्ध उभिनेहरू अहिले अनुशासनको डण्डाले पिटाइ खाइरहेको अवस्था छ । त्यही स्थिति माओवादी वा एमाले र अरू दलमा पनि छ । के यो स्वार्थहीन, न्यायसंगत र कपटरहित छ ? के अहिलेको परिवर्तन केही नेताहरू, तिनका परिवार वा भारदारहरूका लागि मात्रै हो त ? सिद्धान्तहीन चुनावी गठबन्धले लोकतन्त्रलाई सशक्त र सबल तुल्याउनसक्छ ? कि कमजोर गराउने हो ? आममतदाता नागरिकले यस प्रश्नप्रति उदासीन हुनु गलत हुनेछ ।
अराजकताको मार्ग प्रशस्त :
केन्द्रीय नेतृत्वले आफ्नो सत्तास्वार्थका लागि सिद्धान्तहीन चुनावी गठबन्धन गर्नु उचित हुन्छ भने अवसरबाट वञ्चितहरूका बीचमा नयाँ समीकरण हुनसक्छ कि सक्दैन ? मानौँ नेपाली कांग्रेसको पार्टी नेतृत्वले आफ्नो संकीर्ण सत्तास्वार्थका लागि माओवादीसँग सिद्धान्तहीन चुनावी गठबन्धन गर्न मिल्छ भने कांग्रेसकै अरू सदस्यहरूले स्थानीय अवस्था अनुसार अरू कुनै दलसँग सहकार्य र गठबन्धन गर्न किन नमिल्ने ?
यो प्रश्न व्यापक रूपमा उठ्यो भने कांग्रेसका अनेक व्यक्तित्वहरू कांग्रेसविरोधी धारमा उभिने सम्भावना रहन्छ । उनीहरूले स्थानीय रूपमा अर्को पार्टीको उम्मेदवारका पक्षमा वा आफैँ स्वतन्त्र उम्मेदवारी दिए भने आगामी दिनमा सत्ताका लागि शीर्षाशन गरिरहेको नेतृत्व आफ्नो उद्देश्यमा सफल होला ? यस्तो गठबन्धनले व्यापक अराजकता उत्पन्न गर्ने निश्चित छ । जित्ने सपना देख्नेहरू हार्नेछन् र हार्ने स्थिति हुनेहरूको विजय हुनसक्ने छ । अर्थात् परिणाम उलटपुलट हुन्छ र भविष्यमा यो दलीय पद्धतिका लागि घातक हुनसक्ने छ । अर्को पक्ष गठबन्धनले निम्त्याउने असन्तोषको परिणाम विगतमा भन्दा निकै धेरै चुनावमा मनि, मसल, शक्ति, लोभ, भय हरेक कुराको चरमोत्कषर्मा उपयोग हुने निश्चित छ ।
गठबन्धन कसका विरुद्ध ?
सरकार सञ्चालनमा हुने गठबन्धन स्वाभाविक मानिन्छ । तर चुनावी गठबन्धन शक्तिशाली दलका विरुद्ध अरू कमजोर दलहरूले गर्ने परम्परागत रणनीति हो । अहिलेको सत्तारूढ पाँचदलीय गठबन्धनले कुन शक्तिविरुद्ध यो गठबन्धन गरिरहेको छ ? स्पष्ट गरेको छैन । यदि प्रमुख प्रतिपक्ष एमालेविरुद्धको यो गठबन्धन हो भने सत्तारूढ दलहरूले आफू, आफ्नो नेतृत्व कति दुर्बल छौँ भनेर सार्वजनिक रूपमा घोषणा गरेका हुन् भन्ने मान्नुपर्छ यसो हो भने आफ्नो पार्टीलाई कमजोर पार्ने जिम्मा नेतृत्वमा बस्नेहरूले लिने कि नलिने ? यस्ता कमजोर दलहरूले स्थायी सरकार दिने छन् भनेर जनताले कसरी पत्याउने ? किन पत्याउने ?
सरकार सञ्चालनमा हुने गठबन्धन स्वाभाविक मानिन्छ । तर चुनावी गठबन्धन शक्तिशाली दलका विरुद्ध अरू कमजोर दलहरूले गर्ने परम्परागत रणनीति हो । अहिलेको सत्तारूढ पाँचदलीय गठबन्धनले कुन शक्तिविरुद्ध यो गठबन्धन गरिरहेको छ ? स्पष्ट गरेको छैन ।
यसभन्दा पनि गम्भीर प्रश्न छ :
चुनावी गठबन्धनको परिणाम स्थायी हुन्छ र अरू पाँच वर्षसम्म यी दलहरू मिलेर सरकार चलाउने कुनै प्रत्याभूति छ ? विगतमा एकीकरण भएको कम्युनिष्ट पार्टी भत्कियो, एमाले फुट्यो । अहिले गठबन्धनका नाममा चौमुखी घोडा जस्तो भएर चौबाटोमा उभिएका दलहरूले उचित नेतृत्व दिन्छन् भन्ने छ ? छैन । यसो हो भने गठबन्धन किन हुने र जनताले किन विश्वास गर्ने ? एमाले यसमा स्पष्ट देखिन्छ । उसले आफूभन्दा बलियो सत्तागठबन्धन विरुद्ध साना दलहरू र व्यक्तिहरूसँग गठबन्धन गरेको छ ।
अन्त्यमा सकारात्मक सम्भावना :
माथिको अवस्थालाई फरक ढंगले बुझ्ने र व्यावहारिक रूपमा नै प्रयोग गर्ने हो भने फरक आदर्श, फरक सिद्धान्त, फरक दर्शन, फरक विचार भएका दलहरूका बीचमा यसरी तालमेल हुनु सकारात्मक पनि हुनसक्छ । यसले सैद्धान्तिक परिमार्जन गरी लोकतन्त्रका पक्षमा उदार जनमत सिर्जना गर्ने छ, दलहरूका बीचको दूरी घटाउने छ, कार्यकर्ताहरूमा मेल र मित्रता हुनेछ, मतदाताहरूमा साझेदारी र हातेमालो हुनसक्ने छ । वर्तमान परिवर्तन सर्वस्वीकार्य हुनेछ तर सत्तास्वार्थका लागि मात्रै गठबन्धन, सहकार्य र संघर्ष भएमा यो प्रणालीको अवशान हुने मार्ग फराक हुन जानेछ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच