मलेसियामा मृत्युदण्ड पाएका एकजना नेपालीको सजाय फेरियो, १२ वर्ष जेल

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । वैदेशिक रोजगारीको सिलसिलामा मलेसयाका पुगेका एकजना नेपालीलाई दिइएको मृत्युदण्डको सजाय परिवर्तन भएको छ । मलेसियाको पुत्रजयस्थित पुनरावेदन अदालतले बिहीबार धनुषाको गोविन्दपुर–२ का सुरजदेव साह तेलीको मृत्युदण्डको सजाय परिवर्तन गरी १२ वर्ष जेल सजाय सुनाएको हो ।

मलेसियास्थित नेपाली दूतावासका अनुसार तेलीलाई कर्तव्यज्यानको अभियोगमा सन् २०१६ डिसेम्बरमा मलेसियन प्रहरीले पक्राउ गरेको थियो । सो मुद्दामा इपो उच्च अदालतले सन् २०२० अगष्टमा उनलाई मलेसियाको फौजदारी संहिताको दफा ३०२ बमोजिम मृत्युदण्डको सजाय सुनाएको थियो ।

त्यसपछि तेली फैसला र मृत्युदण्ड सजाय सम्बन्धमा पुनरावेदनमा जानुभएको थियो । पुत्रजयस्थित पुनरावेदन अदालतले बिहीबार तेलीको कसुरलाई मलेसियन फौजदारी संहिताको दफा ३०२ बाट दफा ३०४ (क) मा परिवर्तन गरी बाह्र वर्ष जेल सजाय कायम गरेको नेपाली दूतावासले जनाएको छ ।

‘सोही बमोजिम सुरजदेव साह तेली बाँकी सजाय सकिएपश्चात् नेपाल फर्कनुहुने व्यहोरा सम्बन्धित सबैमा जानकारी गराइन्छ,’ दूतावासद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?