मुकुन्दराज शर्माको ‘शब्दशिविर’ लोकार्पण

हिमालय टाइम्स
Read Time = 5 mins

काठमाडौं । गीतकार एवं साहित्यकार मुकुन्दराज शर्माको निबन्धहरूको गद्य संकथन ‘शब्दशिविर’ निबन्ध लोकार्पण गरिएको छ । २५ वटा निबन्धको संग्रह ‘शब्दशिविर’ सोमबार एक विशेष कार्यक्रमबीच लोकार्पण गरिएको हो । लिट्टल एन्जल्सका प्रिन्सिपलसमेत रहनुभएका शर्माको निबन्ध संग्रहको विद्यालयका संस्थापक एवं राज्यमन्त्री उमेश श्रेष्ठले लोकार्पण गर्नुभएको हो । गीतकारको रूपमा चिनेको शर्माले निबन्ध संग्रह प्रकाशन गर्दा आफूलाई अत्यन्तै खुशी लागेको श्रेष्ठले बताउनुभयो ।

एक सताब्दी पुरा गर्नुभएका वुवा निमानन्द शर्मा र ९५ वर्षिय आमा शोभादेवीको कोख र काखको आफ्नो जीवनमा प्रेरणा मिलेको र त्यसैको परिणामको कारण निबन्ध संग्रह तयार भएको स्रष्टा शर्माले बताउनुभयो । २०४७ सालमा मधुपर्कमा पहिलो निबन्ध संग्रह निबन्ध प्रकाशित भएपछि आफूलाई लेखन कार्यमा थप उर्जा मिलेको उहाँको भनाइ थियो ।

उहाँले भन्नुभयो, ‘मेरो विद्यार्थी एवं कामना न्यूज पब्लिकेशनका प्रमुख कार्यकारी अधिकृत प्रबन्ध सम्पादक दिरेकलाल श्रेष्ठसँग कफीसपमा भेट भएपछि उनले दिएको उक्साहटबाट आफूले निबन्ध संग्रह प्रकाशन गरी आज विमोचन गर्न पाएकोमा खुशी लागेको छ ।’

निबन्ध संग्रह तयार गर्नेक्रममा विद्यालयका संस्थापक एवं राज्यमन्त्री श्रेष्ठ, विद्या लिम्बू, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष फत्तेबहादुर लिम्बू, विद्यालयका निर्देशक राजेश श्रेष्ठ, दाजु हरिहर शर्मा प्रकाशक कामना न्यूज पब्लिकेशनका दिरेकलाल श्रेष्ठ र परिवारको सदस्यको कारण निबन्धले सार्थकता पाएको उहाँको भनाइ थियो ।

कार्यक्रममा बोल्दै निबन्धकार एवं समीक्षक मोमिलाले आफ्नो साहित्य यात्रामा निबन्धकार मुकुन्दराज शर्माले गर्नुभएको योगदानले थप मलजल भएको बताउनुभयो । अर्का निबन्धकार माधवप्रसाद पोखरेलले निबन्धमा श्रीमती र पत्नीलाई गुरु भएको प्रशंग ल्याएर धर्मपत्नीको सहयोगलाई मुख्य रूपमा लिएको पाएको बताउनुभयो । लिट्टल एन्जल्सका निर्देशक राजेश श्रेष्ठले उहाँको निबन्ध संग्रह लोकप्रिय हुनेमा आफू विश्वस्त रहेको बताउनुभयो ।

कार्यक्रममा नेपाल नाट्य प्रज्ञा प्रतिष्ठानका उपकुलपति हरिहर शर्माले मुकुन्द शर्माको निबन्ध संग्रहले उहाँलाई स्थापित साहित्यकार बनाएको जिकिर गर्नुभयो । उहाँले यो निबन्ध प्रकाशक दिरेकलाल श्रेष्ठको गुरु दक्षिणाको रूपमा रहेको बताउनुभयो । यस्तै, निबन्धकार एवं साहित्यकार दयाराम श्रेष्ठले यो निबन्धले साहित्य क्षेत्रको उचाइ चुम्न सफल हुने बताउनुभयो ।

कार्यक्रममा कामना न्यूज पब्लिकेशनका प्रबन्ध सम्पादक दिरेकलाल श्रेष्ठले आफ्ना गुरु शर्माको कथाले आफ्नो मन छोएको कारण प्रकाशन गर्ने मौका पाएको बताउनुभयो । स्वर्गीय बाजे भरतलाल श्रेष्ठ र स्वर्गीय बुबा पुस्कारलाल श्रेष्ठको ३८ वर्ष लामो पब्लिकेशन र पब्लिसरको अनुभवलाई आफ्नो प्रिन्सिपलको पुस्तक प्रकाशन गर्न पाएकोमा गौरब महसुस भएको श्रेष्ठको भनाइ थियो । २१२ पुष्ठको योे निबन्ध संग्रहको मूल्य चार सय राखिएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?