दशैँमा कस्तो माछा मासु उपयुक्त

Read Time = 10 mins

✍️ नवीनकिरण भुसाल

दशैँ भन्ना साथ यससँगै मासु पनि जोडिएर आउँछ । किनकी हामी दशैैँमा बली चढाउने गर्छौ । यस्तै हाम्रो प्रायः घरपरिवारमा दशैँमा मासु पाक्ने गर्छ । अब आउनुहोस् यहाँ चर्चा गरौ कस्तो मासु भन्ने विषयमा । साधारणतः माछा-मासु प्रोटिनको राम्रो स्रोत भए पनि कोलेस्टेरोल, चिल्लो पदार्थ, ट्राइग्लिसिराइड पनि प्रशस्त हुने भएकाले सन्तुलित रूपमा उपभोग गर्न नसकेमा स्वास्थ्य समस्या सिर्जना हुनसक्छ ।

पौष्टिक दृष्टिकोणले माछा-मासु पोषिलो खाना हो । तर, सबैलाई थाहा भएकै कुरा हो कि आवश्यकभन्दा बढी खाएमा यसले स्वास्थ्यमा नकारात्मक असर पार्न सक्छ । यसको साथै स्वस्थ्य व्यक्तिले पनि कस्तो प्रकारको मासु कति खाँदा उपयुक्त हुन्छ भन्ने कुरामा विचार पु¥याउनु आवश्यक हुन्छ । अझ उच्च कोलेस्टेरोल, उच्च रक्तचाप, युरिक एसिड र मुटुसम्बन्धी समस्या भएकाहरूले मासु खाँदा धेरै सावधानी अपनाउनुपर्ने हुन्छ । रातो मासु अर्थात् खसी, भैंसी, सुँगुर आदिको मासुमा प्रोटिनका साथै ‘फ्याटी एसिड’ पनि प्रशस्त मात्रामा हुन्छ । मासुमा भएको कोलेस्टेरोलले भन्दा फ्याटी एसिडले बढी खराब गर्छ । किनकि शरीरभित्र फ्याटी एसिडसँग कोलेस्टेरोल मिलेपछि खराब चिल्लो पदार्थ बन्छ । त्यसैले मासु खाँदा चिल्लोमा विशेष ध्यान दिनुपर्छ । वयस्क तथा वृद्धहरूमा साधारणतया बढी स्वस्थ्य समस्या देखिने हुनाले रातो मासु खाँदा विशेष सावधानी अपनाउनुपर्ने हुन्छ ।

कतिपय समुदायले सांस्कृतिक प्रचलन र धार्मिक मान्यताअनुसार रातो मासुलाई नै विशेष प्राथमिकता दिएका हुन्छन् । यस्तो स्थितिमा सकेसम्म कम प्रयोग गर्नु नै राम्रो हुन्छ । मासु कम खाने र पकाउने विधिमा समेत विचार पुर्‍याउनुपर्ने हुन्छ । सकेसम्म आँखाले देखिने चिल्लो वा बोसो निकालेर थोरैमात्र तेलको प्रयोग गरी पकाउनु राम्रो हुन्छ । ‘ग्रल्ड’, ‘बेक’ वा उसिनेर पकाउँदा चिल्लो पदार्थको परिमाण कम हुनसक्छ । त्यसैगरी, विभिन्न अंगका मासु (मुटु, कलेजो, मृगौला, फोक्सो आदि) पनि मासुका परिकारका रूपमा प्रयोग गरिन्छ । यी अंगका मासुमा कोलेस्टेरोलको साथै भिटामिन ‘ए’, ‘डी’, ‘ई’ र केही मात्रामा भिटामिन ‘बी’ पनि पाइन्छ । तामा, लौहतत्व, जिंकजस्ता खनिज तत्व पनि यी अंगमा प्रशस्त मात्रामा पाइन्छ । कलेजो फलामको राम्रो स्रोत भए पनि यसमा रासायनिक पदार्थहरू फोहोरका रूपमा जम्मा हुने भएकाले सकेसम्म कलेजो उपभोग नगर्दा राम्रो हुन्छ । रातो मासु प्रोटिनको स्रोत भए पनि स्वास्थ्यका दृष्टिले त्यति उपयुक्त नभएको हुँदा कहिलेकाहीँ थोरै परिमाणमा मात्र खानु राम्रो हुन्छ ।

सेतो मासुः सेतो मासु भन्नाले कुखुरा, हाँस, विभिन्न चराचुरुगंीको मासु भन्ने बुझिन्छ । यस प्रकारको मासु प्रोटिनको उत्तम स्रोत हुनुका साथै रातो मासुको साटोमा चिल्लो पदार्थ कम हुन्छ । चराको प्रकार, कुन अंगको मासु र पकाउने विधिअनुसार चिल्लोको मात्रा फरक-फरक हुन्छ । टर्कीको छातीको छाला नभएको मासुमा १८ प्रतिशत चिल्लो हुन्छ भने सोही भागको कुखुराको छालारहित मासुमा २४ प्रतिशत चिल्लो हुन्छ । यसैगरी, छालासहित कुखुराको खुट्टा, पँखेटा आदिमा चिल्लो पदार्थ, कोलेस्टेरोल र क्यालोरीको मात्रा बढी हुन्छ । कम मात्र चिल्लो प्रयोग गरी पकाउँदा र छाला निकाल्दा ‘तृप्त फ्याटी एसिड’ कम हुन्छ । ग्रिल, बेक गरी मासु पकाएको छ भने खाने समयमात्र छाला निकाल्दा राम्रो हुन्छ ।

कुखुरा र टर्कीको मासुमा झण्डै त्यति नै चिल्लो हुन्छ भने हाँस तथा यस्तै प्रकारको चराको मासुमा चिल्लो बढी हुन्छ । जबकि अष्ट्रिच र परेवाको मासुमा चिल्लो, कोलेस्टेरोल र क्यालोरी कम हुन्छ । रातो मासुको साटोमा यस प्रकारका मासुमा फ्याटी एसिड कम हुने भएकाले उपयुक्त पकाउने विधि छनोट गर्नसके स्वास्थ्यका लागि फाइदाजनक सावित हुन्छ । सफा वातावरणमा उत्पादन भएका चराचुरुंगीको मासु उपभोग गर्न सके मासुबाट स्वास्थ्यमा पर्ने नकारातमक असरबाट जोगिन सकिन्छ । पौष्टिक र स्वास्थ्यका दृष्टिले मासुभन्दा माछा झन् पोषिलो मानिन्छ । यसमा चिल्लो तथा तृप्त फ्याटी एसिडको परिमाण कम हुनुका साथै प्रोटिन र भिटामिनजस्ता अति आवश्यक तत्वहरू प्रशस्त मात्रामा हुन्छ । विशेषगरी, यसमा भिटामिन ‘बी-१’, ‘बी-३’, ‘बी-६ र भिटामिन ‘डी’ प्रशस्त हुनुका साथै फस्फोरस, आयोडिन, सेलिनियम, पोटासियमजस्ता खनिज तत्व पनि हुन्छन् । यसबाहेक अति आवश्यक तत्व ओमेगा-३ फ्याटी एसिड पनि हुन्छ ।

माछा र ओमेगा-३ फ्याटी एसिडः केही माछामा कोलेस्टेरोलको मात्रा बढी हुने भएकाले प्राय : खानामा संलग्न गरिँदैन । तर, कोलेस्टेरोलको मात्रा धेरै भए पनि फ्याटी एसिडको मात्रा कम हुने भएकाले माछालाई सधैं बार्नुपर्छ भन्ने हुँदैन । जस्तै-माछा पखाल्दा, काट्दा तथा पकाउँदा सावधानी अपनाउन सके हानिकारक किटाणु नष्ट हुन्छन् । माछा प्रोटिन, भिटामिन र खनिज पदार्थको उत्तम स्रोत हुनुका साथै यसमा पाइने स्वस्थकर चिल्लो पदार्थ ओमेगा–३ फ्याटी एसिडले रगतमा राम्रो कालेस्टेरोल बढाउँछ । ओमेगा-३ फ्याटी एसिडले खराब कोलेस्टेरोल र ट्राइग्लिसिराइडको परिमाण कम गर्ने भएकाले मुटुसम्बन्धी समस्यालाई कम गर्न सहयोग गर्छ । यसबाहेक ओमेगा-३ फ्याटी एसिडले आइथ्राइटिसको समस्यालाई पनि कम गर्छ । ठूलो र मोटो प्रकारको माछामा फ्याटी एसिड बढी हुन्छ भने सानो र मसिनो माछामा कम हुन्छ । नियमित रूपमा माछा खाने मानिसलाई मुटुसम्बन्धी रोगको सम्भावना कम हुन्छ ।

दशैँका समयमा हरेक मानिसको घरमा मासुका परिकारहरू धेरै पाक्ने गर्दछ र हामी पनि मासु खाँदा दशैँमा त खाने होनी भनी आफ्नो स्वास्थ्यको ख्यालै नगरी खाने गर्दछौं । तर, यही हाम्रो बानीले हाम्रो स्वास्थ्य बिग्रन्छ र हामी बिरामी पछौं ।

दशैँमा हामीले खानपिनमा सामान्य ध्यान नदिँदा दशैँको समयमा उच्च रक्तचाप, मुटु, मधुमेह र पेटजन्य समस्याका साथै झाडावान्ता हुने, कब्जियत हुने, युरिक एसिड बढ्ने तथा ग्यास्ट्रिकका बिरामीको संख्यामा पनि उल्लेख्य वृद्धि हुन सक्छ ।

एकै पटक धेरै मासु पकाएर धेरै दिनसम्म खाँदा त्यसबाट रोगलाई बढावा दिनेबाहेक अन्य केही पौष्टिक पोषण पाइँदैन । रातो मासु पोलेर, धेरै भुटेर वा तारेर खाँदा क्यान्सरको खतरा बढ्न सक्छ । दशैँमा मासु खाँदै नखाने भनेर रोक्न सकिँदैन । तर, खाँदा सावधानी अपनाएर खानुपर्छ । बासी नखाने, मासुमात्र नखाने, त्यसमा सागसब्जी र गेडागुडी पनि समावेश गरौ । बजारबाट खशी बोका किन्दा पनि स्वस्थ्य हेररमात्रै किनौ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?