पार्टीको नाम परिवर्तन गरी चिहृनमात्रै राखे हुन्न ?

Read Time = 12 mins

✍️ ओम आचार्य

नेपाली कांग्रेसभित्र चुनावी गठबन्धन गर्ने/नगर्ने दुई थरीको विचार, बहस तथा संवाद उत्कर्षमा पुग्यो । अन्तमा गठबन्धन गर्नु हुँदैन भन्ने विचारमा एक पक्ष अडिक रहृयो भने अर्को पक्ष गर्नै पर्दछ भन्नेमा अगाडि बढ्यो । अन्ततः सत्ता सञ्चालक दलहरुबीच सत्ताकै लागि दलहरूबीच नै गठबन्धन गर्ने सहमति भयो । यहाँसम्म त गठबन्धन गर्न ठिकै थियो । गठबन्धनका साझा ‘वाम र लोकतान्त्रिकका उम्मेदवार’ भनेर भोट माग्नु आज आस्थाको राजनीति गर्नेहरुको आस्था अन्यत्य गर्नु नै हो ।

आज आस्थाको राजनीतिलाई तिलाञ्जलि दिएर गठबन्धनलाई मत माग्नु दलीय व्यवस्थामा उदेक र आश्चर्य लाग्न थालेको छ । आश्चर्य अरू राजनीतिक दलले के गरे/कसो गरे भनेर होइन । आस्थाको राजनीति गर्ने नेपाली कांग्रेसले गठबन्धनलाई निर्वाचनमा भोट माग्दै हिँडु आश्चर्य नै हो । नेपाली कांग्रेसले ‘नेपाली कांग्रेस’ भनेर जनसमक्ष र आफ्ना वालहरूमा भोट नमागरे अब गठबन्धनलाई मत माग्नु परेको छ । राणाविरुद्ध, पञ्चायतविरुद्ध, शाही शासनविरुद्ध लडेर यिनीहरूको अस्तित्वविहीन बनाउने नेपाली कांग्रेस अहिले निर्वाचनमा नेपाली कांग्रेस भन्न नसकेर किन रूख मात्रैको कुरा राख्छ । बीपीले जन्माएको नेपाली कांग्रेस, बीपीले बनाएको नेपाली कांग्रेसको इतिहास आज यो निर्वाचनका नाम प्रयोग किन भइरहेको छैन ?

लोकतन्त्रात्मक शासन व्यवस्थामा राजनीतिक दलको ठूलो महत्व रहन्छ । त्यसमा पनि लोकतन्त्रको सुरक्षा र सुदृढ पहिलो सर्त निर्वाचन नै हो । यही मान्यता तथा आदर्श मानेर त्यही आदर्श बोकेको पार्टी नेपाली कांग्रेस आज निर्वाचनमा जाँदा नेपाली कांग्रेसले कांग्रेस भन्न किन सकिरहेको छैन । पञ्चायत कालमा पनि निर्वाचन भएकै हो, त्यो समय पार्टी प्रतिबन्ध रहेको अवस्थामा आन्दोलन गर्ने यी राजनीतिक दल तत्कालीन समयमा निर्वाचन चिहृनमात्रै लिएर निर्वाचनमा सहभागी भएका यिनै राजनीतिक दलहरू हुन् । पार्टी प्रतिबन्धित हुँदा बहुदलको माग गर्दै हिँड्ने यनै दलहरू अहिले बहुदलीय व्यवस्था विध्यमान रहँदा रहँदै निर्दलीय रूपमा नेपाली कांग्रेसलगायत अन्य चार दल निर्वाचन चिहृनमा मात्रै प्रचार प्रसारमा रहनु निश्चय नै भविष्यका लागि राम्रो मान्न किमार्थ सकिँदैन । जनताको हित कुनै हालतमा हुँदैन ।

एउटा प्रश्न उठ्छ पाँच दलीय गठबन्धनमा यस्तो के बाध्यता समस्या आयो । यिनीहरूले आफ्नो राजनीतिक दलको नाम लिन चाहिरहेका छैन ? यो बाध्यता वा समस्यालाई प्रतिगामी विचार किन नभन्ने ? राजनीतिक दलको नाम लिन नसक्ने यी पाँच दलीय गठबन्धनले किन साझा घोषणा पत्र आवश्यक ठानेन् ?

नेपाली कांग्रेस र अन्य चार दल पनि यसरी नै प्रस्तुत हुनु बहुदलीय व्यवस्थामाथि घातको रूपमा लिनुपर्छ । त्यसको नेतृत्व नेपाली कांग्रेसले गरिरहेको छ । एउटा प्रश्न उठ्छ पाँच दलीय गठबन्धनमा यस्तो के बाध्यता वा समस्या आयो ? यिनीहरूले आफ्नो राजनीतिक दलको नाम लिन चाहिरहेका छैन ? यो बाध्यता वा समस्यालाई प्रतिगामी विचार हामीले किन न भन्ने ? राजनीतिक दलको नाम लिन नसक्ने यी पाँच दलीय गठबन्धनले किन साझा घोषणा पत्र आवश्यक ठानेका छैन् ? किन साझा घोषणा पत्र बनाउन सकेनन् ? साझा उम्मेदवार पनि हिचकिचाई देखावटी रूपमा स्वीकारका छन् भने कति त तिनै पार्टीबाट स्वतन्त्र तथा बागी छन् ।

अहिले पाँच दलीय गठबन्धनले आफ्नो पार्टीको नाम परिवर्तन गरेर के नेपाली कांग्रेसबाट रूख भएको हो ? नेकपा एसले नाम परिवर्तन गरेर कलम मात्रै भएको हो ? माओवादीले पनि नाम माओवादी हटाएर आफ्नो लोगोमा मात्रै आएको हो ? यस्तो प्रवृत्ति विचारले निर्दलीयलाई मात्रै प्रोत्साहित गर्छ यो कुरा अन्य राजनीतिक दल कसरी लिएका छन् त्यो विषय गम्भीर होला/नहोला तर नेपाली कांग्रेसले यसरी प्रस्तुत हुनु गम्भीर र पार्टीगत दोष हो । यसमा पार्टी सभापति शेरबाहादुर देउवामात्रै दोषी छैन पार्टीको सम्पूर्ण पदाधिकारी र निर्वाचनमा टिकट पाएर युद्ध जिते जस्तै गरेर होमिएकाहरू उक्तिकै दोषी छन् । यस अर्थमा छन् कि अहिले यिनीहरू निर्वाचनमा नेपाली कांग्रेस न भनेर रूखमात्रै भन्दै छन् यिनीहरूको स्वभिमान कसरी दियो ? हिजोसम्म गर्वले लिने यो नाम आज निर्वाचनमा किन लिइरहेका छैनन् ? माओवादीले आफ्नो नाम त परिवर्तन गर्न खोजिरहेकै थियो यो नामबाट निर्वाचनमा जाँदा जनतावाट स्वीकार्य नहुन सक्छ प्रचण्डले यही कुरा बुजेर सायद नाम परिवर्तनको विषय पनि आएकै हो । प्रचण्ड राजनीतिका चतुर खिलाडी हुन् उनको चतुराई र उनको यही खेलमा पाँच दलीय गठबन्धन परेर अहिलेको निर्वाचनमा गठबन्धनका कुनै पनि दलले आफ्नो राजनीतिक दलको नाम नराख्ने सहमति गराएको हुनसक्छ ? कारण प्रचण्डलाई आफ्नो दलको नाम प्रस्तुत गर्नु नै छैन । राजनीतिक दलहरूले आफ्नो स्थापना कालदेखि आफ्नो राजनीतिक दलको नाम परिवर्तन गर्दै आएका छन् यिनीहरूको यो नाम र पहिचान आफैंलाई घाउ हुँदै गर्दा यस्तो अवस्था आएको हुन सक्छ ।

इतिहास र परिचय खराब हुँदा यस्तो नाम बोकेर हिँड्दा राजनीतिक दलले नाम परिवर्तन गरेको र खोजेको हुन सक्छ । तर नेपाली कांग्रेसमा यो बाध्यता तथा समस्या छैन । अनि किन पाँच दलीय गठबन्धनको अवधारणामा कांग्रेसले निर्वाचनमा आफ्नो नाम लिन नचाहेको हो ? दलहरूले आफूहरूलाई खुलारूपमा निजी स्वार्थको पक्षधरको रूपमा प्रस्तुत गर्दै देशको भविष्य र जनताको अपेक्षामाथि तुषारापात गरिरहे, तर दलका नेताहरू भने समृद्ध हुन पुगे । यसो गरिरहँदा पनि तिनीहरूले निश्चित आदर्शको ढोंग देखाउनपछि पर्दैनन् । यो प्रवृत्तिले देशमा कथित लोकतन्त्रको प्राप्तिपछि झन् गति लिन पुग्यो । अब दलहरू खुलारूपमा भ्रष्टाचार र राष्ट्रघात गर्ने तहसम्म उत्रन पुगेका छन् ।

यद्यपि नयाँ संविधान कार्यान्वयन र संविधान कार्यान्वयनको लागि राज्य व्यवस्थाका तीनै तहको निर्वाचनपश्चात् दलीय नेतृत्वको यस किसिमको प्रवृत्तिमा केही नियन्त्रण हुन्छ ककि भन्ने आशा गरिएको थियो । तर साँघुरो स्वार्थबाट निर्देशित राजनीतिक दलहरुले जनअपेक्षा विपरीत व्यवहार प्रस्तुत गर्न कहिल्यै पछि परेनन् ।

२०७४ को निर्वाचनलाई नेपाली जनताले मूलतः संविधान कार्यान्वयनको रूपमा लिएका थिए । तर दलहरूले जनताका ती आशा र भरोसामा निर्वाचन भएको दुई वर्षमौ तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीबाट प्रारम्भमै निर्वाचित संसद भंग गरी तुषारापात गरिदिए । यसका लागि ओलीले सहजरूपमा स्वीकार गर्न नसक्ने अपवित्र चुनावी गठबन्धनसमेत त्यो बेला गरेका थिए ।

आफ्नो सत्ता स्वार्थको पक्षमा भजाउन दलहरूले तिलस्मी पाराका घोषणापत्रहरू बनाइरहेका छन् । किन भने तिनीहरूले एकातिर महŒवाकांक्षी घोषणापत्रहरू जनसमक्ष फ्याँकिदिएर अल्मल्याउने अनि अर्काेतिर सही-गलत, नैतिक-अनैतिक जुनसुकै उपाय अवलम्बन गरेर भए पनि सत्ताको नेतृत्व हत्याउने मार्ग अपनाएको देखिएको छ । कारण राजनीतिक दलहरूले आफ्ना घोषणापत्रहरूमा दाबी गरेजस्तो गरी चार वर्षमा देशको कायापलट हुन्छ भन्ने केही आधार नै छैन । दलहरूले हावादारी असम्भव आश्वासन बाँड्ने गरेका छन् ।

जुन कुरा हाम्रा लागि अब पार्टीको घोषणा पत्र होइन, तत्काल देखिने काम चाहियो । नत्र दल र दलका नेताको फट्याइँबाहेक अरू केही हुने छैन, ती जारी हुने घोषणा पत्रमा । राजनीति आस्थाको अर्काे नाउँ पनि हो । नेपालमा राजनीतिक दलहरूको महत्व र स्वीकार्यता आस्थागत राजनीतिकै कारण कायम रहेको हो । मंसिर ४ बाट राजनीतिक दलले ठूलो मूल्य र मान्यता चुकाउने नै छन् । त्यतिमात्र नभएर यो निर्वाचनमा दलहरूले आस्थागत राजनीतिलाई तिलाञ्जलि दिएका छन् । तर तीमध्येका केही समूहले आस्थालाई सत्तामा चढ्ने भ¥याङको रूपमा मात्र प्रयोग गर्न गठबन्धन गरेका हुन् । अन्ततः गठबन्धनको गठजोड कहाँ पुगेर भ¥याङ उक्लने हो वा झर्ने हो हेर्न बाँकी नै छ ।

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?