‘चलचित्रसम्बन्धी संघसंस्थाहरूको एउटा महासंघको आवश्यकता’

Read Time = 4 mins

काठमाडौं । परिवर्तन नेपालले नेपाल चलचित्र निर्माता संघका नव निर्वाचित अध्यक्ष, पदाधिकारी एवं सदस्यहरूलाई बधाई एवं सम्मान कार्यक्रमको आयोजना गरेको छ । नेपालको सांस्कृतिक उन्नयनमा अग्रसर संस्था परिवर्तन नेपालले बुधबार काठमाडौंमा एक औपचारिक समारोहको आयोजना गर्दै नव निर्वाचित पदाधिकारीलाई बधाई एवं सम्मान गरेको हो ।

कलाकार वसुन्धरा भुसालको सभापतित्वमा आयोजित समारोहमा परिवर्तन नेपालका अध्यक्ष चलचित्रकर्मी मोहन निरौलाले स्वागत मन्तव्य राख्दै विदेशी चलचित्रको माध्यमबाट नेपालको भाषा र संस्कृतिमा आक्रमण भइरहेको विषय उठाउनुभयो । उहाँले यसलाई समयमानै सम्बोधन नगर्ने हो भने यसले भविश्यमा नेपालीहरूको अस्तितवलाई खतरा हुने जिकिर गर्नुभयो ।

कार्यक्रममा नेपाल चलचित्र निर्माता संघका निवर्तमान अध्यक्ष आकाश अधिकारी, निर्माता संघका नव निर्वाचित अध्यक्ष नवल खड्का, चलचित्र विकास बोर्डका पूर्वअध्यक्ष राजकुमार राई, चलचित्र पत्रकार संघका उपाध्यक्ष जीवन पराजुलीलगायतले नेपाली चलचित्र र हाम्रो कला संस्कृतिका विषयमा आ-आफ्ना धारण राख्नुभएको थियो । उहाँहरूले चलचित्रसम्बन्धी संघसंस्थाहरूको एउटा महासंघको आवश्यकता भएको जिकिर गर्नुभएको थियो ।

समारोहका सभापति भुसालले महासंघको आवश्यकता विगतमा पनि महसुस गरिएको तर केही कारणवश महासंघ गठन हुन नपाएको बताउँदै अहिले यसतर्फ गम्भीर भएर कदम उठाउनुपर्ने कुरामा जोड दिनुभयो ।

भाषिक अतिक्रमणले नेपाली चलचित्र क्षेत्रमात्रै होइन समग्र नेपाली कला, संस्कृति, सभ्यता र पहिचान र अन्ततः देशलाई समेत असर पु¥याउने धारणा सहभागी वक्ताले कार्यक्रममा राखेका थिए । चलचित्र निर्देशक माधवराज खरेलले सहजीकरण गरेको सो बधाई तथा सम्मान समारोहमा नेपाल चलचित्र संघका उपाध्यक्ष गोपालकाजी कायस्थ, द्वन्द्व कलाकार संघका अध्यक्ष नारायण प्रधान, कलाकार संघका कार्यवाहक अध्यक्ष सानु ताम्राकार, प्राविधिक संघका अध्यक्ष पुष्कर लामा, चलचित्र निर्देशक समाजका पूर्वअध्यक्ष सुचित्रा श्रेष्ठ, चलचित्र पत्रकार संघका पूर्वअध्यक्ष शान्तिप्रिय, अग्रज चलचित्र पत्रकार विजयरत्न तुलाधर, प्रथम चलचित्र आमाकी अभिनेत्री भुवन चन्द र आमा चलचित्रमा आमाको शीर्षक भूमिका निर्वाह गर्ने अभिनेत्री चैत्य देवीलगायत विशिष्ट व्यक्तिको उपस्थिति थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?