पदक विजेता खेलाडी सम्मानित

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । जिल्ला खेलकुद समिति कञ्चनपुरले गण्डकी प्रदेशमा सम्पन्न नवौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा पदक विजेता कञ्चनपुरका खेलाडीलाई सम्मान गरेको छ । पदक विजेता ५७ खेलाडीलाई सम्मान गरिएको हो ।

नवाँै राष्ट्रियमा सुदूरपश्चिमको प्रतिनिधित्व गरेका विभिन्न खेलका पदक विजेता खेलाडीलाई सम्मान गरिएको जिल्ला खेलकुद विकास समितिका अध्यक्ष कुवेर खड्काले जानकारी दिनुभयो । उहाँहरूलाई जिल्ला समन्वय समिति कञ्चनपुरका प्रमुख दुर्गादत्त बोहोरा, भीमदत्त नगरपालिका–४ का वडाध्यक्ष सुशील भट्ट, नेपाल बक्सिङ संघका केन्द्रीय अध्यक्ष राम अवाले, ओलम्पियन रामबहादुर गिरीलगायतले खादा ओढाएर सम्मान गर्नुभएको थियो ।

कञ्चनपुरबाट प्रतिनिधित्व गरेका खेलाडीले आठ स्वर्ण पदक जितेका थिए । अन्य खेलाडीले रजत तथा कास्य पदक प्राप्त गरेका थिए । यहाँका खेलाडीले कुस्ती, भारोत्तोलन, महिला हक्की, पुरुष कबड्डी, खोखोलगायत खेलमा पदक जितेका थिए ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?