तिम्रो मेरो साथको टिकटक प्रतियोगिता, विजेतालाई २५ हजार

Read Time = 3 mins

काठमाडौं । आगामी पुस २९ गते रिलिज हुने साम्राज्ञी शाह तथा पुष्प खड्का स्टारर फिल्म ‘तिम्रो मेरो साथ’ले टिकटक भिडियो प्रतियोगिता आव्हान गरेको छ । निर्माता रमेश एमके पौडेलको डेब्यु फिल्मले तिहारमा रिलिज गरेको ‘रुमालै बाटेर टाई बनाम’ बोलको गीतमा टिकटक भिडियो प्रतियोगिता घोषणा गरेको हो ।

फिल्मको यो गीतले यूट्यूबमा रिलिज भएको ७ दिनमा १.१ मिलियन भ्यूज पार गरेको थियो । यस प्रतियोगितामा भाग लिन चाहने इच्छुकले गीतको बोलमा तीन वटा हयास ट्याग प्रयोग गरेर भिडियो बनाउनुपर्नेछ । सहभागीले ह्यासरुमालैबाटेर, ह्यास तिम्रो मेरो साथ, ह्यास रमेश एमके पौडेल ह्यासट्याग प्रयोग गर्नुपर्नेछ ।

सहभागीहरूले यी ह्यासट्यागको प्रयोग गरेर भिडियोलाई आफ्नै एकाउन्टमा अपलोड गर्नुपर्नेछ । यसको अन्तिम नतिजा पुस २६ गते घोषणा गरिनेछ । यो प्रतियोगिता फिल्मका अन्य गीतमा पनि ती गीत रिलिज भएसँगै क्रमशः लागु हुनेछ । फिल्ममा कुल ३ वटा गीत रहेका छन् ।

’रूमालै बाटेर टाई बनाम’ बोलको गीत सुभाष भुसालको संगीतमा तयार भएको हो भने शब्द वि पाण्डेले लेखेका हुन् । यस्तै गीतमा मेलिना राई र जगदिश समालको स्वर रहेको छ ।

फिल्ममा साम्राज्ञी तथा पुष्पको अलावा सन्दिप क्षेत्री, इमिली लामा, सरोज खनाल, दिपिशा केसी, खड्कबहादुर पुन (खबपु)को अभिनय छ ।

फिल्म सबिर श्रेष्ठ तथा बाबुराम निरौलाले लेखेका हुन् । आर्यन फिल्मस् र बोधी एचडिको ब्यानरमा निर्माण भएको फिल्ममा पासाङ लामा निर्माता हुन भने निरू भण्डारी, अशोक पोखरेल, सुमन पौडेल तथा सुधिर पराजुली सह-निर्माताका रूपमा रहेका छन् । सविर श्रेष्ठ सिनेमाका कार्यकारी निर्माता हुन् ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?