सेलिब्रेटीले मनपराए ‘महापुरुष’

Read Time = 4 mins

काठमाडौं । गत हप्तादेखि प्रदर्शनमा आएको चलचित्र ‘महापुरुष’ले दर्शकको राम्रो साथ पाइरहेको छ । दोस्रो सातामा प्रदर्शनरत यस चलचित्र सेलिब्रेटीहरूले पनि हेरेको छन् । आइतबार साँझ राजधानीको विग मुभिजमा पुगेर कलाकारहरू सन्तोष पन्त, डा.भोला रिजाल, अर्जुनजंग शाही, कृष्ण मल्ल, रमेश उप्रेती, कालीप्रसाद बाँस्कोटा, गौरव पहारी, विनय श्रेष्ठ, सुधीर श्रेष्ठदेखि भुवन चन्द, करिश्मा मानन्धर, रिमा विश्वकर्मालगायतले चलचित्र हेर्नुभएको थियो ।

चलचित्र हेरिसकेपछि अधिकांश सेलिब्रेटीहरूले खुलेर प्रशंसा गरेका थिए । आफ्नो आमालाई लिएर चलचित्र हेर्न पुग्नुभएकी अभिनेत्री रिमाले चलचित्र राम्रो बनेको प्रतिक्रिया दिनुभयो । उहाँले चलचित्र बाको माध्यमले प्रस्तुत गरिए तापनि यसले बा र आमा दुवैको एक्लोपनको कथा व्यक्त गरेको सुनाउनुभयो ।

हाम्रो समाजमा हामीले वास्ता नगरेको कथालाई चलचित्रमार्फत आम दर्शकसम्म लगिएको अभिनेत्री करिश्मा मानन्धरले बताउनुभयो । ‘शुखी मात्र नभई शुखी हुनुपर्छ भन्ने सन्देश नै सशक्त छ । बुढ्यौलीमा महसुस हुने एलोपनमा चाहिने साथलाई यसमा सरल रूपमा देखाइएको छ’, श्रीमान् विनोद मानन्धरसँग चलचित्र हेरेपछि उहाँको प्रतिक्रिया थियो ।

‘महापुरुष’ जस्ता चलचित्रले दर्शकलाई मनोरञ्जनसँगै समाजलाई सन्देश पनि दिने अभिनेता सन्तोष पन्तले जिकिर गर्नुभयो । यस्तै, अभिनेता रमेश उप्रेतीले एउटा उत्कृष्ट चलचित्र हेर्ने मौका मिलेको प्रतिक्रया दिनुभयो । चलचित्र हेर्न आइपुगेका दर्शकले राम्रो लागेको र अन्यलाई पनि सिफारिश गर्ने प्रतिक्रिया दिइरहेको निर्माता म्याक्स् दिपेश खत्रीले बताउनुभयो ।

‘जात्रा’ र ‘जात्रै जात्रा’को सफलतापश्चात् कलाकार रवीन्द्र सिंह बानियाँको निर्माण र निर्देशक प्रदीप भट्टराईको निर्देशनमा तयार भएको चलचित्रले नेपालसँगै अष्ट्रेलिया र अमेरिकाको विभिन्न सहरमा समेत राम्रो व्यापार गरिरहेको छ । चलचित्रमा हरिवंश आचार्य, मदनकृष्ण श्रेष्ठ, गौरी मल्ल, अरुण क्षेत्री, अञ्जना बराइली, राजाराम पौडेल, रवीन्द्र सिंह बानियाँ, सिरू विष्टलगायतको अभिनय छ । षट्कोण आर्ट्स प्रालिको व्यानारमा निर्मित चलचित्रमा कार्यकारी निर्माता रवीन्द्र सिंह बानियाँ हुनुहुन्छ भने निर्माता दिपेश खत्री रहनुभएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?