धादिङका १०४ वटा मतदान केन्द्र अतिसंवेदनशील सूचीमा

बाबुराम श्रेष्ठ धादिङ, संवाददाता
Read Time = 3 mins

धादिङ । धादिङ जिल्लाकोे १०४ वटा मतदान स्थललाई अतिसंवेदनशीलको सूचीमा राखिएका छन् । धादिङका अधिकांश मतदान स्थललाई जिल्ला निर्वाचन सुरक्षा समितिले अतिसंदेनशीलको सूचिमा राखेका छन् ।

जिल्ला निर्वाचन सुरक्षा समितिका अनुसार कुल एक सय १४ मतदान स्थल मध्ये एक सय चार वटा स्थललाई अतिसंवेदनशीलको सूचिमा राखेको छ । समितिका अनुसार ७ वटालाई संवेदनशील र ३ वटा मतदान स्थललाई सामान्यको सूचिमा वर्गिकरण गरिएको प्रमुख जिल्ला अधिकारी कृष्ण प्रसाद लम्सालले बताउनुभयो । निर्वाचन सुरक्षा चुनौती कम गर्न मतदान स्थलको सुरक्षाका लागि आवश्यक काम भइसकेको र संवेदनशील, संवेदनशील र कम संवेदनशील मतदान स्थल वर्गीकरण गरेर तत्काल थप सुरक्षाकर्मी पुग्ने गरी रणनीति तयार गरिएको प्रमुख जिल्ला अधिकारी लम्सालले बताउनुभयो । भौगोलिक विकटता, मतदाता र मतदान केन्द्रको दूरी र सुरक्षा पोष्टको पहुँच सहितका विभिन्न सूचकलाई आधार मानेर मतदान केन्द्रको वर्गीकरण गरिएको हो । अति संवेदनशील र संवेदनशील सूचीमा परेका मतदान केन्द्रमा सोही अनुसारको सुरक्षा प्रबन्ध मिलाइने जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायव उपरिक्षक श्याम बहादुर खत्रीले बताउनुभयो ।

निर्वाचन सामाग्री लैजाने र मतदानसँगै मतदान पश्चात सुरक्षा व्यवस्था प्रबन्ध, जनशक्ति व्यवस्थापन आदिको प्रबन्ध संवेदनशीलताका आधारमा अति संवेदनशील र संवेदनशील मतदान स्थलमा सुरक्षाकर्मी र म्यादी प्रहरीसंगै कर्मचारी व्यवस्थापन गरिने प्रमुख जिल्ला अधिकारी लम्सालले बताउनुभयो । ’धादिङमा दुई लाख ६५ हजार नौं सय ६६ मतदाता रहेका छन् । तीन सय तीन वटा मतदान केन्द्र छन् । धादिङ जिल्लामा दुई वटा प्रतिनिधिसभा र चार वटा प्रदेशसभा क्षेत्र छ । आधिकारिक दल र स्वतन्त्र गरी प्रतिनिधि सभामा २८ जना र प्रदेशसभामा ३८ जना उम्मेदवार रहेका छन् ।

प्रतिनिधिसभाका दुई र प्रदेशसभाका चार निर्वाचन क्षेत्र रहेको जिल्लामा संवेदनशील रुपमा लिइएका मतदान स्थललाई नेपाल प्रहरीले अहिलेदेखि नै निगरानी गरिरहेको छ । सुरक्षा संवेदन शीलता मानिएका मतदान स्थलको सुरक्षाका लागि नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरीको संयुक्त टोली तयारी अवस्थामा राखिने जनाइएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?