रिजालाई मिस ललितपुरको ताज

Read Time = 2 mins

ललितपुर । रिजा शाक्यले मिस ललितपुरको ताज चुम्नु भएको छ । आर.बी.क्राउन एण्ड मेनेजमेन्ट प्रालिको आयोजनामा सम्पन्न मिस ललितपुर २०७९ को ताज शाक्यले हात पार्न सफल हुनुभएको हो । मिस ललितपुर २०७९ प्रतियोगितामा अञ्जिला महर्जनले द्वितीय, अनु लामाले तृतीय तथा निराशा खातीले चौथो स्थान प्राप्त गर्नुभयो । कार्यक्रममा आयोजकका तर्फबाट रवीन्द्र बज्राचार्यले प्रतिस्पर्धीहरूलाई पुरस्कृत गर्नुभएाको थियो भने कार्यक्रमका सहयोगीलाई सम्मानसमेत गरिएको थियो ।

‘पाँच वर्षपछि तिमी आफूलाई कुन स्थानमा रहेको हेर्न चाहन्छौ ?’ भन्ने निर्णायकको प्रश्नमा ‘आफू सफल व्यवसायी एवं सामाजिक कार्यकर्ताका रूपमा कर्म गरिरहेको हुन्छु, मोडलका रूपमासमेत स्थापित हुनुका साथै अन्यलाई सहभागी हुन प्रोत्साहित गरिरहेका हुन्छु ।’ भनी जवाफ दिएर रिजाले मिस ललितपुर २०७९को उपाधि हात पार्नुभएको हो ।

निर्णायकमा कलाकार तथा सञ्चारकर्मी सुरजवीर बज्राचार्य, शिक्षा क्षेत्रका ज्योति थापा तथा चलचित्र निर्देशक राजेशमान सिंह रहनुभएको थियो । कार्यक्रम मिस लिटिल नेवाःफष्ट रनरअप लुँस्वां मानन्धरले सञ्चालन गर्नुभएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?