नेपाल लाइफद्वारा ५४.७६ अर्ब दाबी भुक्तानी

Read Time = 2 mins

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले ५४.७६ अर्ब दाबी भुक्तानी गरेको छ । कम्पनीले २०७९ असोजसम्म ५.०३ अर्ब मृत्यु दाबी, १५.२६ अर्ब अवधि समाप्ति दाबी भुक्तानी र १८.५३ अर्ब आंशिक अवधि भुक्तानी गरिसकेको जनाएको छ । साथै अन्य शीर्षक जस्तै, बीमा शुल्क भुक्तानी छुट, स्थायी पूर्ण अशक्तता दाबी, घातक रोगबापतको सुविधा र दुर्घटना मृत्यु लाभ सुविधाअन्तर्गत १५.९४ अर्ब दाबी भुक्तानी गरिसकेको जनाएको छ ।

बीमित र बिमकबीचको करारबमोजिम जोखिमको क्षतिपछि वा अवधिपछिको रकम यथा समयमा भुक्तानी (दाबी भुक्तानी) गर्न कम्पनी सदैव तत्पर रहेको कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रवीणरमण पराजुलीले बताउनुभएको छ ।

कम्पनीका अनुसार अवधि भुक्तानी दाबी बीमाको अवधि समाप्तिपछि भुक्तानी गरिन्छ भने मृत्युदाबी तथा अन्य क्षतिको दाबी बीमा अवधिभित्र जुनसुकै समयमा घटित घटनापछि भुक्तानी गरिन्छ तर बीमा पूर्णतया अविच्छिन्न चालु रहनुपर्दछ । त्यस्तै, आंशिक अवधि भुक्तानी, निश्चित अवधिको अन्तरालपछि बीमा करारमा तोकिएअनुसार रकम भुक्तानी गरिने गरिएको छ ।

बीमितलाई छिटोछरितो, चुस्त, दुरुस्त दाबी भुक्तानी गर्दै आएको कम्पनीले देशैभर सातैवटा प्रदेशमा फैलिएर रहेका १९७ क्षेत्रीय कार्यालयबाट सेवा प्रदान गर्दै आएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?