मुचुल्काभन्दा बढी मत भेटिएपछि रोकियो बाजुराको मतगणना

हिमालय टाइम्स
Read Time = 1 min

बाजुरा । निर्वाचन सम्पन्न भएको १२औँ दिनमा थालिएको बाजुराको मतगणना पुन रोकिएको छ । बिहीबारबाट थालिएको मतगणना शुक्रबार पुनः मुचुल्काभन्दा बढी मत देखिएपछि प्रतिनिधिसभातर्फको गणना रोकिएको हो ।

हिमाली गाउँपालिका–६ धिम मतदान केन्द्रको मतगणनाका क्रममा मुचुल्काभन्दा बढी ४० मत देखिएपछि गणना रोकिएको हो ।

मतगणनाको पछिल्लो अपडेटअनुसार प्रतिनिधिसभातर्फ कांग्रेस उम्मेदवार बद्री पाण्डेले ५ हजार ४१९ मत ल्याएर अग्रता लिइरहेका छन् । उनलाई एमाले उम्मेदवार कर्णबहादुर थापाले ४ हजार १२९ मतसहित पछ्याइरहेका छन् ।

बाजुरामा कुल मतदात ८३ हजार ५६७ रहेकोमा प्रतिनिधिसभातर्फ ५९ हजार ७६५ मत खसेको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?