नक्कली पमाणपत्र पेस गरी जागिर खाएका दुई जनाविरुद्ध आयोगद्वारा विशेष अदालतमा मुद्दा दायर

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । नक्कली पमाणपत्र पेस गरी जागिर खाएका राम एकवाल यादवउपर शैक्षिक योग्यताको झुट्टा (नक्कली) प्रमाणपत्र सम्बन्धी अख्तियारले विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

आयोगले जिल्ला ओखलढुंगा, पूर्वाधार विकास कार्यालयमा रा.प. अनंकित प्रथम श्रेणी ल्याब टेक्निसियन पदमा करार सेवामा कार्यरत यादवउपर शैक्षिक योग्यताको झुट्टा (नक्कली) प्रमाणपत्र सम्बन्धी आरोपपत्र दायर गरेको हो ।

यस्तै, आयोगले कैलाली जिल्लाअन्तर्गत सञ्चालित राष्ट्रिय उच्च माध्यमिक विद्यालय खैलाडका उच्च माध्यमिक विद्यालय संयोजक मथुरा चौधरीउपर शैक्षिक योग्यताको झुट्टा (नक्कली) प्रमाणपत्र सम्बन्धी पनि विशेष अदालतमा आइतबार मुद्दा दायर गरेको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?