कविता : प्रकृति

हिमालय टाइम्स
Read Time = 1 min

✍️ सर्वानन्दा सरस्वती

माग गर्छ प्रकृति न त कामको
छ त सदा प्रेममा छ निष्कामको
ऊ स्वीकार्यले भरिएको छ सदा
निश्छलता वर्षाउँछ सदा सदा ।

गंगा बहाउँछ बर्साउँछ सदा
पत्थरमा पनि चम्किन्छ सर्बदा
छ सर्बत्र ऊ आस्थाको पीठ छ
छ ब्रहृममा ऊ आत्माको बीच छ ।

हाम्रो साधन र साध्य बन्छ प्रकृति
आफ्नै त छ विधि र चल्ने छ नीति
चलाउँदछ शिखरका छालहरू
छ शून्य दिव्यचक्षुले खोजूँ बरु ।

मार्ग गर्छ प्रकृति न त दामको
बन्न सक्छ गुरु ऊ सत्य कामको
गीत भरी आनन्दमा छ छालमा
घाउमा मलम बन्छ ऊ कालमा ।

मेलम्ची-२, सिन्धुपाल्चोक ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?