‘होण्डाको दशैँको शुभलाभ’ विजेता

Read Time = 2 mins

काठमाडौं । नेपालस्थित होण्डा मोटरसाइकल तथा स्कुटरको आधिकारिक बिक्रेता स्याकार ट्रेडिङ कम्पनी प्रालिले दशैँ तथा तिहार स्किम ‘होण्डाको दशैँको शुभलाभ’ का विजेता घोषणा गरेको छ । उक्त योजनाअन्तर्गत ग्राहकले सात प्रदेशबाट एक-एकजना गरी सातजनाले सात लाख र बम्परमा लक्की ड्रमार्फत् १५ लाख नगद उपहार प्राप्त गरेको कम्पनीले जनाएको छ ।

प्रदेश १ स्थित सत्यसाई अटो सिटी प्रालिकी दुर्गादेवी सापकोटा, प्रदेश २ स्थित मिहिका इन्टरप्राइजेजका अमितकुमार, प्रदेश ३ स्थित एसटिसी टेकुकी मनिषा बज्राचार्य, प्रदेश ४ स्थित कुँवर ब्रदर्सका कृष्णकुमार आले, प्रदेश ५ स्थित अमृत इन्टरनेशनल प्रालिका विष्णु पोखरेल, प्रदेश ६ स्थित डाँफे अटोपार्ट्स एण्ड सप्लायर्सकी सुनिता खत्री र प्रदेश ७ स्थित उमा ट्रेडर्सका लक्ष्मण भट्टले एक लाख नगद उपहार प्राप्त गर्नुभएको छ । त्यस्तै, सिद्धि विनायक अटो इन्ट प्रालिका चन्द्रबहादुर थापाले बम्पर उपहारमा १५ लाख प्राप्त गर्नुभएको कम्पनीले जनाएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?