सत्यको बाटोमा हिँड्ने मानिस हो । असत्यको मार्गमा परिचालित हुने मानिस मान्न सकिँदैन । सत्य र असत्यको पथमा निरन्तर लागिरहने तथा जीवनलाई जीवनको माध्यमबाट बाँच्ने वैयक्तिक जीवनको आधारलाई मानिसले जहिले पनि सम्मान गर्नु आवश्यक हुुन्छ । आफ्नोमा सन्तुुष्टि नभई अरूकोमा पनि हक जमाउन खोज्ने प्रवृत्तिलाई दानवीय प्रवृत्तिका रूपमा मानिएको हुन्छ । यही दानवीय प्रवृत्तिको निरन्तरतामा जीवनका सबै पक्षले आफूूलाई समापन पारेका हुन्छन् । जीवनको समापन मानिसका कर्मको फल मानिएको हुन्छ ।
कर्मका माध्यमबाट जीवनलाई र जीवनका सबै पक्षलाई समाप्त पारेको हुन्छ मानिसले । जीवन भन्नुु भोगाइमात्र होइन रोजाइ पनि हो । रोजाइ जीवनको मूल्य हो, स्थापना हो, आधार हो र जीवन जिउने कला पनि । रोजाइ सदा स्वस्थ, सुुन्दर र व्यवस्थित हुनुु अति आवश्यक मानिएको छ मानिसका लागि । रोजाइ स्वस्थ र सुुन्दर भयो भने जीवनका हरेक क्षण सुुुखदायी हुुने गर्दछन् ।
रावणले सीतालाई पञ्चवटीबाट हरण गरेर लगे । उनको यो कार्य दानवीय थियो । दानवीय प्रवृत्तिका कारण उनले यो कार्यलाई पूूर्णता दिए पनि । उनी लङ्काका राजा थिए । राजाले गरेका सबै कामबाट राज्यमा पर्ने असर र त्यसले निम्त्याउने दुुर्घटनाका शिकार जनता हुुनुुहुुँदैन भन्ने हेक्का रावणलाई पनि नभएको होइन । तर सीताको सौन्दर्यमा मोहित भएका उनी पक्कै पनि राज्य सञ्चालनको आधार आफूलाई मात्र मान्दैनन् । राज्यको सञ्चालनमा सदा सहायक बनेका सभासद र तिनले गर्ने निर्णयलाई सर्वोपरि मान्ने परम्परा तत्कालीन समयमा पनि विद्यमान थियो ।
यदि आफूूलगायत जनता र नगरको सुुरक्षा गर्न सकिएन भने केही कार्य फत्ते हुन नसक्ने सम्भावना रहन्छ । यही बुुझाइ रावणको राज्य सञ्चालनको आधार थियो तत्कालीन समयको । रावण नगर पूूर्णसुुरिक्षत छ भन्ने जानकारी सेनापतिबाट पाएपछि सभासदप्रति लक्षित बनेर सम्मोधन गर्दछन् ।
एक्लो निर्णयले राज्य व्यवस्थित तरिकाले नचल्ने कुरालाई रावणले जानेका थिए । विद्वान भएर पनि उनले गरेको गलत निर्णयलाई सभासद र सभाबाट अनुुमोदन गर्न चाहन्थे । अनुुमोदन नभएमा मैले गरेको कार्यले वैधता पाउने छैन र म सबैबाट तिरस्कृत हुनेछुु भन्ने भावना उनमा विकसित भएको थियो ।
रावणको उक्ति :
रावणले सबैभन्दा पहिला नगरको रक्षाका लागि सेनापतिलाई आदेश दिए । सेनापतिबाट नगरको पूर्ण सुुरक्षाको प्रत्याभूति हुने विश्वास पनि राखे ।
सेनापति यथा ते स्युुःकृतविद्याश्चतुुर्विधाः
योधा नगररक्षायां तथा व्यादेष्टुुमहर्षि ।।
हे सेनापति ! तिमीले अश्त्र विद्यामा निपुुण सैनिकलाई नगर रक्षाको आदेश प्रदान गर । नगरको रक्षा नै सबैभन्दा ठुलो आधार हो । कहीँ कतैबाट शत्रुुको उपस्थिति नगरमा नहोस् भन्ने भावलाई रावणले आफैँ अभिव्यक्त गरेका छन् । रावणको पहिलो कार्य आफूू, राज्यका जनता र नगरको सुुरक्षा थियो । यदि आफूूलगायत जनता र नगरको सुुरक्षा गर्न सकिएन भने केही कार्य फत्ते हुन नसक्ने सम्भावनालाई रावणले राम्रोसित बुुझेका थिए । यही बुुझाइ रावणको राज्य सञ्चालनको आधार थियो तत्कालीन समयको । रावण नगर पूूर्णसुुरिक्षत छ भन्ने जानकारी सेनापतिबाट पाएपछि सभासदप्रति लक्षित बनेर सम्मोधन गर्दछन् ।
प्रियाप्रिये सुुखे दुुःखे लाभालाभे हिताहिते
धर्मकामार्थकृच्छ«ेषुु यूूयमहर्थ वेदितुुम् ।।
हे सभासदहरू ! धर्म, अर्थ, काम विषयको सङ्कट उपस्थित हुुँदा तपाईंहरू प्रिय अप्रिय, सुुखदुुःख, लाभहानी, हित अहितको विचार गर्न समर्थवान हुुनुुहुुन्छ । तपाईंहरूको साथ र सहयोगबाट मैले सबै आँटेका सबै काम फत्ते गरेको छुु । यदि तपाईंहरूको साथ नहँुुदो हो त म कहिले पनि आँटेका काममा सफल हुन सक्ने थिइन । यो रावणको सभासदप्रतिको आस्था, विश्वास र साथको कामना हो । सीतालाई हरण गरेका रावण आफूले गरेको अपराधलाई सभाबाट अनुमोदनका लागि आग्रह गर्दछन् । यो कुुरालाई उल्लेख गर्दै भन्छन्
सर्वकृत्यानि युुष्माभिः समारब्धानि सर्वदा
मन्त्रकर्मनियुुक्तानि न जातुु विफलानि मे ।।
तपाईंहरूले विचार गरेर जुन जुुन काम आरम्भ गर्नुभयो ती सबै मेरा लागि कहिले पनि निष्फल भएनन् । तपाईंहरूले अनुुमोदन गरेका सबै काम मैले सफल गरेको छुु । राज्यको सबैभन्दा बलशाली व्यक्ति सभासद हो । तत्कालीन समयमा रावणले समेत आफूले गरेका कामलाई अनुुमोदनका लागि सभासदसित आग्रह गरेका छन् । मैले जे काम गरे पनि तपाईंहरूको साथ सदा खोजको छुु । राज्य व्यवस्था चलाउन राज्यका सभासदले धेरै ठूलो भूमिका निर्वाह गरेको हुन्छ । त्यसैले मेरो कार्यलाई अनुुमोदन गर्र्न हजुुरहरूसित आग्रह गरेको छु । काम गर्नु पूूर्व अनुुमोदन गराउनुुपर्नेमा त्यसो भएको देखिएन । सीताको हरणलाई सभासदबाट अनुुमोदन हुुँदैन भन्ने विश्वास रावणलाई थियो । मैले पहिले नै यो काम अनुुमोदन गराउनुुपर्नेमा त्यसो हुन सकेन । हुुन नसक्नुुको कारणलाई उल्लेख गर्दै रावण भन्छन् :
अहं तुु खलुु सर्वान् वः समर्थयितुुमुुद्यतः
कुुम्भकर्णस्य तुु स्वप्नान्नेममर्थमचोदयम् ।।
मैले जे काम गरेँ त्यसको हजुरहरूसित समर्थन गराएर मात्र गर्ने गरेको थिएँ । तर, कुुम्भकर्ण सुुतेका थिए त्यसैले मैले यसको चर्चा पहिलेको सभामा गरिन । रावण चतुुर थिए । आफूले गरेको कामलाई लङ्काको सभाले समर्थन गरोस् भन्ने चाहन्थे । पहिले समर्थनको पक्षमा थिएँ तर भाई सुतेका कारण यो कुराले समर्थन पाउन सकेन । मैले काम गरिसकेँ अब समर्थनको अपेक्षा राखेको छु भन्ने भावनालाई रावणले कति गतिलो तरिकाले प्रस्तुत गरे । रावणको यो विचार विश्वास र राज्य सञ्चालनको दायित्वले भरिएको देखिन्छ । मैले गरेको कामलाई अनुुमोदन गरियो भने यो राज्यको काम हुनेछ व्यक्तिगत काम मानिने छैन भन्ने धारणालाई रावणले सही समयको माध्यमबाट व्यक्त गरेका छन् । यो सबैभन्दा उत्तम उपाय रावणले मानेका छन् ।
रावणले कुुुन कामको समर्थन खोजे । आफूले गरेको कामको समर्थन सभाबाट पास गराउन रावणलाई आवश्यक थियो र ? उनी आफैँ शक्तिशाली थिए । सबै काम एक्लै गरेर उनले सभालाई जानकारी नगराउन पनि सक्थे तर उनले त्यसो गर्ने आँट गरेनन् । राज्यको सबैभन्दा शक्तिशाली अङ्गसित उनले आफूले गरेको कामको समर्थन खोजे । त्यो सबैभन्दा उत्तम उपाय मानिन्छ राज्य सञ्चालनका हकमा । यही कुरालाई रावणले सोच विचारपूूर्वक बाहिर ल्याउन खोजेका छन् । मैले गरेको कामलाई अनुुमोदन गर्नुका साथै उपाय पनि बताउनुुहोस् भन्दै रावण भन्छन्
अदेया यथा सीता वध्यौ दशरथात्मजौ
भवद्भिर्मन्त्र्यतां मन्त्रः सुुनीतं चाभिधीयताम् ।।
तपाईंहरू आपसमा सल्लाह गर्नुहोस् र यस्तो सुुन्दर नीतिको बाटो बताउनुहोस् जुुन नीतिबाट सीतालाई फर्काउन पनि नपरोस् र दशरथ पुुत्रहरू पनि मारियूून् । रावणको यो कूूटनीतिक चतुुरता हो । सर्प पनि मरोस् लाठी पनि नटुुटोस् भन्ने रावणको भावना हो । सीतालाई हरण गरेको कामलाई पूूर्णरूपमा अनुुमोदन गर्ने परम्परालाई हेर्दा रावणको सत्ता सञ्चालन सहमतिबाट हुनुुपर्ने तर्कलाई सम्मान गर्न सकिन्छ ।
राज्य चलाउँदा आउने समस्या जस्ता हुुन् त्यसको कुनै आधार छैन तर राज्स्यका सबै कुरामा सभासद र तिनको भूूमिका सबल तरिकाले गतिशील हुनुुपर्दछ भन्ने उद्देश्यलाई रावणले गतिलो तरिकाबाट बुुझेका छन् । यदि राज्य व्यवस्था एक्लै वा असहमतिमा चलाउने प्रयास गरियो भने सफल हुुन सकिँदैन भन्ने कुरालाई रावणले जानेका छन् । त्यसैले उनले समर्थन खोजेका छन् आफूूले गरेको कामको ।
कुुम्भकर्णको असहमति :
रावणको उक्ति र रावणले गरेको कामलाई आफ्नै भाइ कुुम्भकर्णले अस्वीकार गरेका छन् । सीतालाई लङ्का ल्याउनुु उत्तम काम होइन । यस्तो कामलाई सभाबाट अनुुमोदन गर्न खोज्नुु राम्रो होइन भन्दै कुुम्भकर्ण भन्छन् :
यदा तुु रामस्य सलक्ष्मणस्य प्रसहृय सीता खलुु सा इहाहृता
सर्कत् समीक्ष्यैव सुुनिश्चितं तदा भजेत चित्तं यमुुनेव यामुुनम् ।
तिमीले जुुन दिन राम र लक्ष्मणको आश्रममा गएर सीतालाई हरण गरेर ल्याएका थियौ त्यही दिन तिमीले हामीसित सम्वाद र समर्थन माग्नुुपर्दथ्यो । तिमीले गरेको कामलाई हामीले तत्कालीन समयमा अनुुमोदन गर्ने वा नगर्ने मार्ग देखाउन सक्दथ्यौँ । सबै काम बिगारेपछि अब आएर तिमीले यो कामको समर्थमा मागेका छौ । यस्ता कामको विचार पहिले नै गर्नुपर्नेमा गरेनौ भन्ने सङ्केत कुुम्भकर्णबाट बाहिर आएको छ ।
बल, घमण्ड, अनीतिबाट शासन चलाउने रावणले समेत आफूले सत्तामा रहँदा गरेका कामको प्रत्यक्षरूपमा अनुुमोदन चाहेको देखिन्छ । सभाबाट अनुुमोदन हुने कार्यमा शासक बलबान् हुने र जनता सन्तुुष्ट हुने कुराको सङ्केत रावणको विचार होला ?
कुुम्भकर्ण रावणका भाइ हुन् । दाजुुले गरेका सबै काममा भाइको समर्थन हुुुनुुपर्ने हो तर यहाँ हुुन सकेको छैन । राज्य सञ्चालनमा शासकले गर्ने त्रुुटिलाई भाइ, भारदार र सभासदले औँल्याउनुुपर्दछ । शासकका गल्तीलाई औँल्याउन सकिएन भने शासक तानाशाही र कठोर हुने सङ्केत देखिन्छ । शासक आफैँमा कठोर हुुँदैन । शासकले जनतालाई ध्यानमा राखेर कानुुनको निर्माणमा आफूलाई समर्पित गरेको हुुन्छ ।
बल, घमण्ड, अनीतिबाट शासन चलाउने रावणले समेत आफूले सत्तामा रहँदा गरेका कामको प्रत्यक्षरूपमा अनुुमोदन चाहेको देखिन्छ ।
सभाबाट अनुुमोदन हुने कार्यमा शासक बलबान् हुने र जनता सन्तुुष्ट हुने कुराको सङ्केत रावणको विचार होला ? आफूले गरेको नराम्रो कामलाई समेत सभा तथा सभासदबाट पारित गराउन खोज्नुु रावणको शासन सञ्चालनको बलियो आधार बनेको देखिन्छ । शासनलाई व्यवस्थित तरिकाले सञ्चालन गर । रावणजस्तो शासक त सभा र सभासदमा यति ठुुलो विश्वास लिएर शासन चलाउन चाहन्छ । हामी मानिस हौँ । मानिस भएकाले शासनमा पनि सबैको सहमति खोज र देशलाई निकास दिन सिक ।
शासनमा बसेको छुु भन्दैमा सबै काम सभा, सभासदलाई छलेर गर्ने प्रयास नगर । यसो गरियो भने तिमी र तिम्रो शासनप्रति जनताको विश्वास रहनेछैन । सत्य र न्यायको पक्षमा काम गर्न नसके पनि रावणको नीति र उसले चालेको कदमसित सिकेर शासन चलाउने प्रयासमा निरन्तर लाग । देशले काँचुुली फेर्नेछ । रावण राक्षसकुुलमा जन्मे । राक्षसी प्रवृत्तिसित मित्रता गाँसे । तर राज्यमा आफूूले गरेका कामको सभाबाट अनुुमोदन खोजे । शासन एक्लै शनकका भरमा चल्दैन भन्ने तथ्य रावणको यो कदमबाट देख्न सकिन्छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच