बिदामा घर गएका सशस्त्रका जवानमाथि गोली प्रहार

हिमालय टाइम्स
Read Time = 1 min

सर्लाही । सर्लाहीको रामनगर गाउँपालिका-७ मा शुक्रबार साँझ गोली चलेको छ ।

गोली लागेर सशस्त्र प्रहरीका जवान ३२ वर्षीय सुरेश साह घाइते हुनुभएको छ । काभ्रे जिल्लामा कार्यरत साह बिदामा घर जानुभएको थियो ।

साथीहरूसँगै बसेर खाजा खाइरहेका बेला शुक्रबार साँझ ७ बजेतिर साहमाथि गोली प्रहार भएको हो । पाखुरामा एक गोली लागेर घाइते साहको प्रादेशिक अस्पताल मलंगवामा उपचार भइरहेको छ ।

साहको अवस्था सामान्य छ । घटनामा संलग्नमध्ये रामप्रवेश साहलाई प्रहरीले नियन्त्रणमा लिएको छ । सर्लाही प्रहरी नायब उपरीक्षक विजय यादवले घटनाको अनुसन्धान भइरहेको जानकारी दिनुभयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?