शालिकमा सन्त नेता, प्रधानमन्त्रीबाट अनावरण

हिमालय टाइम्स
Read Time = 3 mins

काठमाडौं । सुन्दरीजलस्थित मेलम्ची खानेपानी आयोजनाको सुरुङ भएको स्थलमा नेपाली कांग्रेसका पूर्व-सभापति, मेलम्ची खानेपानीका योजनाकार पूर्व-प्रधानमन्त्री स्व.कृष्णप्रसाद भट्टराईको पूर्णकदको शालिक आनवरण गरिएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले आइतबार पूर्व-प्रधानमन्त्री भट्टराईको शालिक आनवरण गर्नुभएको हो । भट्टराई प्रधानमन्त्री हुनुभएका बेला उहाँले काठमाडौंको खानेपानी समस्या समाधान गर्न मेलम्चीको पानी ल्याउने योजना बनाउनुभएको थियो ।

भट्टराईको शालिक अनावरण गर्दै प्रधानमन्त्री देउवाले खानेपानी समस्याको दीर्घकालीन समाधानलाई सरकारले प्राथमिकतामा राखेको बताउनुभयो । उहाँले २०७७ सालमै मेलम्चीको पानी काठमाडौं उपत्यकामा वितरण सुरु भएकोमा १ असार २०७८ को बाढीले पु¥याएको क्षतिका कारण बन्द भएको पानी वितरण पुनः सुरु भएको र अब काठमाडौं उपत्यकावासीलाई सधैँ पानी वितरण गर्न सक्ने गरी आवश्यक तयारी गरिने जिकिर गर्नुभयो । प्रधानमन्त्री देउवाले काठमाडौंवासीलाई मेलम्चीको पानी खुवाउने सन्त नेता भट्टराईको सपना पूरा भएकोमा आफूलाई अत्यन्त खुसी लागेको बताउनुभयो ।

खानेपानीमन्त्री उमाकान्त चौधरीले दीर्घकालीन रूपमा समस्या समाधान नहुँदासम्म अस्थायी संरचनाबाटै पानी वितरण गर्ने योजना बनाएको उल्लेख गर्नुभयो । खानेपानी मानव जीवनका लागि अपरिहार्य आवश्यकता भएको विषयलाई ध्यानमा राखेर मेलम्चीसहित अन्य विकल्प र स्रोतहरूको समेत अध्ययन भइरहेको चौधरीले जानकारी दिनुभयो ।

कार्यक्रममा सांसद मोहनबहादुर बस्नेत र सन्तोष चालिसे, कृष्णप्रसाद भट्टराई अध्ययन प्रतिष्ठानका सल्लाहकार दीपकुमार उपाध्याय, गोकर्णेश्वर नगरपालिकाका प्रमुख दीपक रिसालले चौबिसै घण्टा उपत्यकावासीलाई स्वच्छ र पिउनयोग्य पानी वितरण गर्न सक्ने गरी व्यवस्था गर्न मेलम्ची आयोजनाका कारण प्रभावित स्थानीयको समस्या समाधानमा ध्यान दिन आग्रह गर्नुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?