हिटा प्रधान सम्पादक प्रा. दाहाल सम्मानित

हिमालय टाइम्स
Read Time = 3 mins

काठमाडौं । हिमालय टाइम्स दैनिकका प्रधान सम्पादक एवं प्राध्यापक पुरुषोत्तम दाहाल सम्मानित हुनुभएको छ । प्रा.दाहाल नेपाल प्राध्यापक संघ वाल्मीकि विद्यापीठ इकाई समितिबाट बुधबार सम्मानित हुनुभएको हो ।

वाल्मीकि विद्यापीठ इकाईको सत्रौं अधिवेशनका सन्दर्भ र गुरुपूर्णिमाको स्मृतिमा आयोजित कार्यक्रममा बोल्दै नेपाल प्राध्यापक संघका सभापति डा.रमेशकुमार जोशीले प्राध्यापन पेशालाई थप मर्यादित बनाउन संघको सक्रिय भूमिका रहने विचार प्रकट गर्नुभएको थियो ।

कार्यक्रममा प्राचार्य प्रा.डा.भागवत ढकाल, प्र.डा.कृष्णकान्त पराजुरी संघका केन्द्रीय महासचिव नरेन्द्र शिवाकोटी, नेसंवि प्राध्यापक संघका सभापति प्रा.शम्भु गौतम, प्रा.डा.ऋषिराम रेग्मी, प्रा.प्रेमराज न्यौपाने, प्रा.मुरलीधर दाहाल, प्रा.तेजविलास अधिकारी, प्रा.लक्ष्मी पौडेल, प्रा.डा.सुरेन्द्र भट्ट र प्रा.डा.चन्द्र पौडेलले सम्मानित दाहाललाई शुभकामनासहित संघको अधिवेशनबारे चर्चा गर्नुभएको थियो । इकाई सभापति प्रा.डा.देवमणि भट्टराईको सभापतित्वमा सम्पन्न कार्यक्रममा प्रा.डा.नूरापति पोख्रेलले सम्मान पत्र वाचन गर्नुभएको थियो ।

सम्मान ग्रहण गर्दै प्रा.दाहालले भन्नुभयो, ‘प्रत्येक क्षेत्रमा दलीयकरणले आक्रान्त तुल्याएको हुनाले अनेक विकृति र विसंगति बढ्दै गएको छ । विगतमा समेत त्यस्तै भयो अहिले झन् थपिएको छ । यस अवस्थामा प्राध्यापकहरूबाट नै दलीय करणलाई निरुत्साहित गर्दै संस्थाहरूको विकास गर्नुपर्ने समय आएको छ । हरेक क्षेत्रमा विकसित अराजकताकै कारण परिवर्तीत राजनीतिक प्रणालीलाई समेत क्षति पुगिरहेको छ ।’

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?