पुस्तक : रानाभाटको ‘रूपवासन्ती’

✍️ सुशीला घिमिरे

ओमकुमारी बञ्जारा रानाभाट कवि हुनुहुन्छ । उहाँको कवितासंग्रह हो ‘रूपवासन्ती’ यस पुस्तकको प्रकाशक नइ प्रकाशन रहेको छ भने मुद्रक ऋचा अपसेट प्रेस रहेको छ । डिएमआई सनइजमा रहेको यस पुस्तकको छपाइ आकर्षक र अशुद्धिहरू कमै मात्र पाइन्छन् । पुस्तकमा पहेंलो हलुका कागजको प्रयोग गरिएको छ । संशोधको जिम्मेवारी लवप्रसाद भण्डारीले पूरा गर्नुभएको छ । आवरण सुमन कार्कीले तयार पार्नुभएको छ ।

आवरण आकर्षक छ र कालो पृष्ठभूमिमा एक नारीको तस्वीर राखिएको छ जो कवयित्रीकै हुनसक्छ । तल ठूला सेता अक्षरमा पुस्तकको शीर्षक ‘रूपवासन्ती’ र त्यसभन्दा मुनि साना पहेंला अक्षरमा कवयत्रीको नाम ‘ओमकुमारी बन्जरा रानाभाट’ भनेर राखिएको छ । नइ प्रकाशनको १४५औं कृतिमालामा रहेको यस पुस्तकमा भूमिका खण्डमा र पाठ्य अंशमा गरी जम्मा १०४ पृष्ठ छन् । यसको मूल्य २०० रुपैयाँ छ । २०७७ सालमा प्रकाशित यस पुस्तकको पृष्ठआवरणमा इन्दिरा प्रसाईका केही शब्द र प्रकाशक संस्थाको लोगोसहित नाम उल्लेख भएको छ ।

उहाँ कतै अध्यात्मिक देखापर्नु हुन्छ भने कतै भौतिकवादी बनेर देखिनु हुन्छ । प्रकृति चित्रण, समाजका विकृति र विसंगति, अग्रजप्रतिको सम्मान नारी समस्याको उजगर जीवनको खुसियालीलगायत मानव जीवनका संवेगहरूको प्रस्तुतिलाई उहाँ राम्ररी केलाउनुहुन्छ र तिनमा सुधार गर्ने चाहना राख्नुहुन्छ ।

भूमिका खण्डमा नइ प्रकाशनको तर्फबाट ‘प्रकाशकीय’ छ । त्यसपछि विषयसूची दिइएको छ जसबाट यससंग्रहमा ६२ वटा कविता छन् भन्ने जानकारी पाइन्छ । विषय सूचीपछि इन्दिरा प्रसाईको ‘ओमकुमारीको ‘रूपवासन्ती’ शीर्षकमा मन्तव्य छ भने त्यसपछि कवयित्री रानाभाटको लेखकीय छ । यस संग्रहमा रहेका उहाँका ६२ वटा कविताहरूमध्ये एक शब्दका २३ वटा, दुई शब्दका २४ वटा, तीन शब्दका ११ वटा र चार शब्दका चारवटा शब्दका शीर्षक छन् जसबाट उहाँको छोटाछोटा शीर्षक राख्ने प्रवृत्ति रहेको जानकारी पाइन्छ ।

उहाँको यस संग्रहमा रहेका कविताहरू गीति शैलीका पाइन्छन् र दुईदेखि छ अन्तरासम्मका कवितालाई समग्रमा भन्ने हो भने छोटा र मझौला आकारका कविता हुन् भन्न सकिन्छ । यस पुस्तकका कविताहरूको फैलावट हेर्दा कविताहरू छोटा भएका कारण एकदेखि दुई पृष्ठसम्मको फैलावटमा ती कविता अटेका छन् । कविताले कवयित्रीका भावतरंगलाई राम्ररी अभिव्यक्ति दिन सकेका छन् । नेपाली साहित्यमा वर्तमान समयमा नारी हस्ताक्षरहरू अत्यन्त धेरै संख्यामा आइरहेका छन् र तिनैमध्येमा पर्नुभएको छ कवयित्री ओमकुमारी बन्जरा रानाभाट ।

उहाँले आफ्नो लेखनमा समाजका, जीवन र जगतका, हाम्रो परिवेशका विविध विषयलाई समेट्नु भएको छ । उहाँ कतै अध्यात्मिक देखापर्नु हुन्छ भने कतै भौतिकवादी बनेर देखिनु हुन्छ । प्रकृति चित्रण, समाजका विकृति र विसंगति, अग्रजप्रतिको सम्मन नारी समस्याको उजगर जीवनको खुसियालीलगायत मानव जीवनका संवेगहरूको प्रस्तुतिलाई उहाँ राम्ररी केलाउनुहुन्छ र तिनमा सुधार गर्ने चाहना राख्नुहुन्छ । उहाँको कविताको एउटा नमुना :
छोरा र छोरीमा किन धेरै भेदभाव हुन्छ
त्यस्तो देखेपछि असाध्यै मेरो मन रुन्छ
छोराछोरी दुवै हुन् हाम्रै काखका बिस्कुन
बराबरी माया गरौँ, दुवै होनहार निस्किउन् ।
पुस्तकका लागि कवयित्री बन्जरालाई बधाई छ । उहाँबाट नेपाली साहित्यले अन्य अन्य पुस्तक पनि पाइरहोस् उहाँलाई शुभकामना ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?