बुटवलका डीएसपी ठगबहादुरलाई निलम्बन गर्न सिफारिस

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायब उपरीक्षक (डीएसपी) ठगबहादुर केसीलाई निलम्बन गर्न सिफारिस गरिएको छ।

प्रहरी प्रधान कार्यालय नक्सालले उनलाई निलम्बन गर्न भन्दै गृह मन्त्रालयमा सिफारिस गरेको हो ।

सुन व्यापारीहरूसँग रकम असुली गरेको सूचनापछि केन्द्रीय अनुसन्धान ब्युरोको टोलीले उनलाई आइतबार पक्राउ गरेको थियो।

प्रहरीले उनको घरबाट ३५ तोला सुन र २५ लाख नगदसमेत बरामद गरेको थियो । डीएसपी केसीले सुन व्यवसायीको सुन नियन्त्रणमा लिएर फिर्ता गर्न पैसा माग्ने गरेको आरोप लागेको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?