जोटुफद्वारा सातदिने अल्टिमेटम

Read Time = 1 min

काठमाडौं । संयुक्त पर्यटन ट्रेड युनियन फोरम (जोटुफ) ले नेपाल पर्वातारोहण संघ, ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) र नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्टस (नाट्टा) लाई ध्यानाकर्षण पत्र बुझाएको छ ।

सात दिनभित्र माग सुनुवाइ र सम्झौता कार्यान्वयन नभए चरणबद्ध आन्दोलन र तालाबन्दी गर्ने उसले चेतावनीसमेत दिएको छ । जोटुफले गत भदौ २८ गते टान र नाट्टालाई विभिन्न सातबुँदे मागपत्र बुझाएको स्मरण गराएको छ । उसले साउन १७ गते नेपाल पर्वतारोहण संघ र जोटुफबीच विभिन्न १० बुँदे सम्झौता गरेको थियो । तर, हालसम्म पनि समस्या समाधानमा चासो नदेखाएपछि जोटुफले पुनः ध्यानाकर्षण गराएको हो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?