बलिउड अभिनेत्री मलाइका काठमाडौंमा

Read Time = 2 mins

काठमाडौं । बलिउड अभिनेत्री मलाइका अरोरा काठमाडौं आइपुग्नुभएको छ । नेपाल रत्न तथा आभूषण संघले आयोजना गर्न लागेको फेसन रनवेमा शो-स्टपरको रूपमा भाग लिन अभिनेत्री अरोरा बिहीबार काठमाडौं आउनुभएको हो ।

विमानस्थलमा ओर्लिएपछि सञ्चारकर्मीसँग संक्षिप्त कुराकानी गर्दै रत्न तथा आभूषण प्रदर्शनीको हिस्सा बन्न पाउँदा खुशी लागेको र नेपाली गहना र फेसन लगाउने अवसर पाउँदा निकै हर्षित भएको उहाँले बताउनुभयो । नेपाली रत्न तथा आभूषणलाई विश्वमाझ चिनाउने उद्देश्यले तीन दिने एक्स्पो आयोजना गरिएको हो ।

नेपाल बसाईंको क्रममा फेसन, संस्कृति, फिल्म, संगीतबारे बुझ्ने प्रयास गर्ने उहाँले बताउनुभयो । उहाँ आज (शुक्रबार) भारत फर्किनुहुने कार्यक्रम छ । चलचित्र ‘दबंग’को ‘मुन्नी बदनाम हुई’ गीतमा नृत्य गरेपछि चर्चामा आउनुभएकी मलाइका यसअघि पनि केही पटक काठमाडौं आउनुभएको । चलचित्र ‘हाउसफुल’, ‘काँटे’, ‘इएमआई’लगायतमा अभिनय गर्नुभएकी उहाँलाई बलिउडको ‘फेसन डिभा’ भनिन्छ । उहाँको फेसन शैली पछ्याउनेको समूह ठूलो छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?