सत्ता गठबन्धनबाट नै राष्ट्रपतिको उम्मेदवार हुन्छ : जनार्दन शर्मा

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का सांसद जनार्दन शर्माले सत्ता गठबन्धनबाट नै राष्ट्रपतिको उम्मेदवार बन्ने बताउनुभएको छ ।
शनिवार प्रतिनिधि सभाको बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले केही दिनपछि नै राष्ट्रपतिको एजेण्डाले स्थान पाउने र सत्तारुढ दलहरुसँग छलफल गरेपछि उम्मेदवारको टुंगो लाग्ने बताउनु भयो ।

उहाँले काँग्रेसले गरेको कुराको अपेक्षा आफूलाई जानकारी नरहेको भन्दै गठबन्धन सरकारमा बहुमत रहेकाले गठबन्धनकै तर्फबाट उम्मेदवार बन्ने निश्चित रहेको बताउनु भयो । उहाँले सरकारमा भएका दलहरुले प्रश्ताव गरेकै व्यक्ति राष्ट्रपति बन्ने दाबी गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘अब केही दिनपछि एजेण्डा राष्ट्रपतिमा प्रवेश गर्छ । पार्टीहरुमा छलफल हुन्छ । सहमति, असहमति, उम्मेदवारको छनोटको विषयमा छलफल हुन्छ । छलफल पछि मात्रै को हुन्छ भन्न सकिन्छ । गठबन्धनकै तर्फबाट उम्मेदवार बन्ने स्वतःस्फुर्तः छ । काँग्रेसको अपेक्षाको कुरा मलाई थाहा छैन । सरकार र जुन गठबन्धन बनेको छ, त्यसको बीचमा एउटा छलफल, सहमति भएर प्रतिपक्षसहित पनि सहमति हुन्छ भने त्यो राम्रो हो । भएन भने गठबन्धन दलभित्र नै सहमति बन्छ । किनभने गठबन्धनमा अहिले बहुमत छ । निर्वाचित बहुमतले गर्ने हो । सरकारमा भएका दलहरुले प्रश्ताव गरेको व्यक्ति नै राष्ट्रपति हुनुहुन्छ ।’

सांसद शर्माले गठबन्धन फुटाउने र जोड्ने समय अब सकिसकेको भन्दै अहिले बनेको गठबन्धन निरन्तर अघि बढ्ने बताउनु भयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?