माओवादी केन्द्रको स्थायी समिति बैठक आज पनि बस्दै

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठक आज पनि बस्दै छ ।

बैठक बिहान ११ बजे पेरिसडाँडास्थित केन्द्रीय कार्यालयमा बस्नेछ । बिहिबारदेखि सुरु भएको स्थायी समिति बैठक आज सम्पन्न हुने सचिव देवेन्द्र पौडेलले बताउनुभयो ।

प्रवक्ता कृष्णबहादुर महराका अनुसार बिहीबारको बैठकमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले समसामयिक राजनीतिक परिस्थितिको सम्बन्धमा प्रतिवेदन पेश गर्नुभएको थियो ।

प्रचण्डले समसामयिक राजनीतिको बारेमा बैठकमा ब्रिफिङ पनि गरेका थिए । आज अध्यक्षको प्रतिवेदनमाथि नेताहरूले आ-आफ्नो धारणा राख्नेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?