आठसय अठासी करोड कमाउँदै पठानले बनायाे बलिउडमा नयाँ रेकर्ड

Read Time = 1 min

मुम्बई । शाहरुख खान अभिनित पठानले बलिउडमा छोटो समयमा सर्बाधिक कमाउने फिल्मको रेकर्ड राखेको छ ।

गत जनवरी २५ मा रिलिज भएको पठानले हालसम्म ८८८ करोड कमाएर बलिउड सिनेमामा सबैभन्दा तिब्र गतिमा कमाउने फिल्मको रेकर्ड बनाएको एशराज फिल्मसले जनाएको छ ।

उक्त फिल्ममा शाहरुखका साथमा दिपिका पादुकोण, जोन अब्राहमलगायतको भुमिका रहेको छ । उक्त फिल्मलाई समिक्षकहरुले ४.५ स्टारसम्म दिदैँ ब्ल्कबस्टर सिनेमा भनेका छन । बाइकट बलिउड बिरुद्ध लडेर पठानले खस्किदै गएको भनिएको बलिउडलाई धेरे ठुलो उद्धार गरेको उनीहरुको भनाई छ ।

पछिल्लो समयमा बलिउडमासमेत दक्षिण भारतीय फिल्महरुले राज गरेको २०२२ लाई शाहरुखको पठानले उर्जा दिएको समिक्षकहरुले टिप्पणी गर्दै आएका छन ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?