बढ्यो चिनियाँ राजदूत छन् सोङको सक्रियता

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । नेपालका लागि चिनियाँ राजदूत छन् सोङले राजनीतिक भेटवार्तालाई तीव्रता दिनुभएको छ ।

राष्ट्रपति कसलाई बनाउने भन्ने विषयले नेपालका राजनीतिक दलका नेताहरुको छलफल चलिरहेका बेला राजदूत सोङले पनि आफ्नो सक्रियता बढाउनु भएको हो ।
पछिल्ला केही दिनमै राजदूत सङले नेपालका प्रमुख कम्युनिस्ट पार्टीका नेताहरूसँग भेटवार्ता गर्नुभएको छ ।

बुधबार बिहान प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेट्नुभएको राजदूत सोङले अपरान्ह एकीकृत समाजवादी अध्यक्ष माधवकुमार नेपालसँग भेटवार्ता गर्नुभएको छ ।

एमाले अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रपतिमा माधव नेपालको नाम प्रस्ताव गरेसँगै तरंगित बनेको राजनीतिक अवस्थामा राजदूत सोङले प्रधानमन्त्री प्रचण्ड र अध्यक्ष नेपाललाई भेट्नुभएको हो ।

उत्तरी छिमेकी चीन नेपालमा वाम एकतालाई जोगाइराख्न र कम्युनिस्ट नेतृत्वकै सरकारको निरन्तरता चाहन्छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?