‘मेरो गाउँ, मेरो ठाउँ’ भिडियो च्यालेञ्ज २०२३ आहृवान, ‘वेष्ट भिडियो अफ द इयर’लाई पाँच लाख

Read Time = 3 mins

काठमाडौं । ‘मेरो गाउँ, मेरो ठाउँ’ भिडियो च्यालेञ्ज २०२३ हुने भएको छ । वि विल राईज फाउण्डेसनले राष्ट्रव्यापी वृत्तचित्र प्रतियोगिता ‘मेरो गाउँ, मेरो ठाउँ’को आयोजना गर्दै आएको छ । सन् २०१९ मा पहिलोपटक आयोजित प्रतियोगितामा देशैभरबाट उत्साहजनक रूपमा १३२ वृत्तचित्र सहभागी थिए । पछिल्लोपटक सन् २०२० मा प्रतियोगिताका लागि भिडियो आहृवान भए पनि विश्वभर फैलिएको कोरोना भाइरस (कोभिड-१९) महामारीका कारण कार्यक्रम स्थगित हुनपुग्यो । सोही प्रतियोगितालाई निरन्तरता दिने प्रयास स्वरूप सन् २०२३ को दोस्रो संस्करणका लागि शुक्रबारबाट भिडियो आवाहृन भइसकेको छ ।

कोरोनाका कारण थलिएको पर्यटन क्षेत्रलाई उकास्न र यस क्षेत्रलाई चलाएमान बनाउन यस्ता कार्यक्रमको उपादेयता अझ बढेर गएको फाउण्डेसनले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । ‘भिडियो निर्माताले प्रचुर पर्यटकीय सम्भावना भएर पनि ओझेलमा परेका कुनै गाउँठाउँको प्राकृतिक, सांस्कृतिक सम्पदा, भेषभुषा, खानपान, कलासंस्कृति, जातजातिको पहिचानलगायत विषयलाई आधार बनाएर भिडियो तयार पार्न सक्नेछन्’, विज्ञप्तिमा भनिएको छ, ‘वृत्तचित्र अधिकतम पाँच मिनेटको हुनुपर्नेछ ।’

यसअघि सन् २०२० को भिडियो च्यालेञ्जमा सहभागी प्रतियोगीले आफूले पठाइसकेको भिडियोमा परिवर्तन गर्नुपर्ने आवश्यक ठानेमा सो भिडियो सम्पादन गरी वा नयाँ नै पनि पठाउन सक्ने पनि आयोजकले जनाएको छ । वृत्तचित्र निर्माणका लागि २०७९ फागुन १२ बाट ७० दिन अर्थात २०८० वैशाख २१ गतेसम्मका लागि समय दिइएको छ । विजेताको घोषणा १३ जेठ २०८० का दिन काठमाडौंमा गरिने जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?